युवा दिवशको अवसरमा इटहरीमा सप्ताहव्यापी कार्यक्रम मनाइने

इटहरी । १८ औ अन्तराष्ट्रिय युवा दिवशका अवसर पारेर सुनसरी र मोरङ्ग जिल्लाका ३५ बढि युवा संस्थाहरुको सक्रियता तथा युवा विकास केन्द्रको संयोजनमा युवा दिवस सप्ताहव्यापी रुपमा श्रावण २१ गते देखि २८ सम्म भव्यताका साथ इटहरीलाई केन्द्र विन्दु बनाएर विविध कार्यक्रमहरु सम्पन्न गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

दुवै जिल्लाका युवा संस्थाहरुको साझेदारीमा सञ्चालन हुने सप्ताहब्यापी कार्यक्रममा विविध अन्तर्गत अन्तर क्याम्पसस्तरीय निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता बतृत्वकला प्रतियोगिता, खुला सडक दौड प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक संजय चौधरीले जानकारी दिए ।
यसैगरी सप्ताहब्यापी कार्यक्रम अन्तर्गत अन्तर वडास्तरीय फुटबल सरसफाई अभियान, बृक्षारोपण रक्तदान दीप प्रज्वलन झाँकी प्रदर्शन सडक चेतनामुलक नाटक सास्कृतिक ¥याम्प युवा सामाजिक महोत्सव जस्ता कार्यक्रमहरु सम्पन्न गरिने निधो भएको पनि पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक चौधरीले बताए ।
पत्रकार सम्मेलनमा बताईए अनुसार यो सप्ताहब्यापी कार्यक्रम अन्तर्गत इटहरीमा सम्पन्न हुने युवा दिवश समारोहमा कम्तिमा सुनसरी र मोरङ्गका १० हजार युवाहरुको सहभागिता रहने पनि जानकारी दिईएको छ ।

सुनसरीको इटहरीलाई केन्द्र विन्दु बनाएर सन २०१३ देखि आयोजना हुँदैे आएको अन्तराष्ट्रिय युवा दिवश यो बर्ष अन्य बर्षहरुको तुलनामा निकै भब्य र उद्देश्यमुलक बन्ने पनि दावी गरिएको छ । सप्ताहको महत्वपूर्ण कार्यक्रम उद्घाटन समारोहमा प्रदेश नम्वर १ का स्थानीय जनप्रतिनिधि र युवाहरुको सहभागितामा दिगो शान्ति र विकासमा स्थानीय जनप्रतिनिध र युवाहरुको सहकार्यको आवश्यकता विषयक सम्वाद कार्यक्रम पनि सम्पन्न गरिने तथा यो कार्यक्रम निकै महत्वपूर्ण बन्ने पनि विश्वास गरिएको छ ।

उक्त कार्यक्रममा प्रदेश नम्वर १ का एक सयबढि स्थानीय तहका प्रमुख र उप प्रमुख वडा अध्यक्ष र सदस्यहरुको जमघट हुने भएकाले यसले भोलिका दिनमा देशलाई कस्तो बनाउने भन्ने ठोस नीति र योजना बनाउन पनि महत्वपूर्ण मार्गचित्र तयार हुने युवा विकास केन्दका अध्यक्ष अरुण खड्काले बताए ।

तपाईको प्रतिक्रिया