मोरङका प्रहरीउपरिक्षक विद्यार्थी पढाउदै

मोरङ,२८ पुस । प्रहरीले के गर्ला भनेर तपाँईलाई कसैले प्रश्न गर्योभने तपाँई सहजै जवाफ दिनुहुन्छ । शान्ति सुरक्षाको लागि काम गर्छ । तर मोरङका प्रहरी उपरिक्षक संन्दीप भण्डारीको हकमा त्योकाम संगै विद्यार्थीहरुलाई लागूऔषधको दुव्र्यसनमा फस्नबाट जोगाउन विराटनगरका कलेजहरुमा समेत जनचेताना जगाउन भ्याउनु भएको छ ।

उहाँ हिजोआज प्रहरी कार्यालयमा कम र विद्यालय तथा कलेजहरुमा बढी देखिन थाल्नु भएको छ । प्रहरीलाई ‘कपस’ र ‘मामा’ को संज्ञा दिएर सकेसम्म टाडा बस्न चाहने विद्यार्थीले भण्डारी आएपछि प्रहरीको सामिप्यता हुने अवसर प्राप्त गरेका छन् । भण्डारी विद्यार्थीलाई पढाउन आफैं कलेज कलेज पुगीरहेको भेटिनुहुन्छ ।

प्रहरी उपरिक्षक भण्डारीले भन्नुभयो,‘ युवा पुस्तालाई लागूऔषधको दलदलबाट नबचाउदा नयाँ पिढी नै नशामा पर्ने सम्भावना छ ।’ उहाँले नयाँ पुस्तालाई लागुऔषधबारे जानकारी गराउन विराटनगरका सबै कलेज र विद्यालयमा पढाउन पुग्ने गरेको बताउनु भयो ।

विराटनगरको मेनेजमेन्ट कलेजमा भएको लागू औषध नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रममा प्रहरी उपरिक्षक भण्डारीले युवा वर्गहरु विशेष गरी लागू औषधको दुव्र्यसनीमा फस्दै गएकोले यो दलदललाई अझ बिस्तार हुन रोक्नु पर्ने बताउनु भयो । विशेष गरी १६ लेखि ३१ बर्ष उमेर समूहका ४७ प्रतिशत युवायुवतीहरु लागू औषधको दुव्र्यसनमा फसेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...