मोरङका पाँचवटा खोलामा पुुल निर्माण

मोरङ, २७ पुस । मोरङका पाँचवटा खोलामा पक्की पुुल निर्माण सम्पन्न भएका छन् । जिविस मोरङले विराटनगरको सिङ्घिया, रङ्गेलीको घाँगी, राजघाटको कट्नुु र टङ्किसिनवारीको खदरा खोलामा पुुल निर्माण गरेको हो । जम्मा रु नौ करोडभन्दा बढीको लागतमा ती सबै पुुल निर्माण सम्पन्न गरेको जिविसका इन्जिनियर घनश्याम दाहालले जानकारी दिनुभयो । दुुईदेखि तीनवर्ष भित्रमा ती सबै पुुल निर्माण सम्पन्न गरिएको दाहालको भनाइ छ ।

यसैगरी, जिविसले सानाठूला गरी ३० वटा पुुल निर्माण गरिरहेकोमा त्यसमध्ये पाँचवटा पुुलको निर्माण कार्य भर्खरै सम्पन्न भएको र बाँकी पुुलको निर्माण कार्य अन्तिम चरणमा पुुगेको इन्जिनियर दाहालले बताउनुुभयो । एक वर्षभित्र सबै पुुलको निर्माण कार्य सम्पन्न हुुने जिविसले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

Loading...