मेहनत गरे यही फल्छ सुन – निगिराे बेचेरै महिनाकाे ३० हजार कमाउछन शुन्दरहरैचाका दमन पाेख्रेल

शिव प्रसाद भट्टरार्इ / इटहरी –कडा परिश्रम र इमान्दार बने नेपालमै गरे के हुन्न ? यही फल्छ सुन र यहीबाट निस्कन्छ अाम्दानीका श्राेतहरू ।यस्तै उदहारण बनेका छन माेरङ शुन्दरहरैचा नगरपालीका ४ बलीयाका ४० बर्षीय कृषक दमन पाेख्रेल । उनी अहिले स्थानीय सिमसार क्षेत्रबाट संकलन गरेकाे निगिराेबाट मालामाल बनीरहेका छन ।बिगत केही बर्ष देखी यसै ब्यापारलार्इ  अंगालदै अाएका दमनले अहिले निगिराे बेचेरै अार्थीक अवस्था बलीयाे संगै समाजमा उदहारणीय काम गरेर देखाएका छन ।

माेरङकाे बेलबारी लगायत स्थानीयस्तरमा रहेका सिमसार क्षेत्रबाट संकलन गरेकाे निगिराे बेचेर उनले महिनामा ३० हजार कमाउने गरेका छन । पहिला अार्थिक अवस्था कमजाेर रहेका दमन अहिले साेही ब्यवसायबाट घर खर्च टार्नुका साथै केही रकम बचत पनि गर्ने गरेका छन । नेपालमा केही भएन भन्दै अरब लगायत खाडी मुलुकहरूमा श्रम गर्नेहरूकालागि गतिलाे उदहारण बनेका छन माेरङ बलीयाका दमन ।

बिहान उठेर साइकलकाे सहारामा सिमसार क्षेत्र पुगी निगिराे टिपेर बजारहरूमा लगी बिक्री गर्दा राम्रै अाम्दानी हुने गरेकाे र साेही अाम्दानीले छाेरा छाेरीलार्इ निजी स्कुलमा पढाउने गरेकाे कृषक तथा ब्यापारी दमन बताउछन । माैसम अनुसार बजारमा पाइने तरकारीहरू मध्ये हरीयाे परीयाे साग र निगिराे उपभाेक्ताहरूकाे राेजाइमा पर्ने गरेका छन । छाेटाे समय र कम लगानीबाटै अाम्दानी लिन सक्ने भएकाेले पनि निगिराे ब्यापार फस्टाएकाे दमन बताउछन ।

सिजन अनुसार निगिराेकाे ब्यापार पनि राम्रै भएकाेले याे ब्यवसाय अाफुहरूकाे अाम्दानीकाे श्राेत बनेकाे कृषक दमन बताउछन । गर्न सके नेपालमै सुन फल्छ भन्दै कृषक दमनले बिदेशी भुमिमा रहेका नेपालीहरूलार्इ अर्काकाे देशमा पसिना बगाउनकाे सट्टा अाफूनै जमिनमा अहाेरात्र खटीए जवनमा सफलता मिल्ने बताउछन ।

 

तपाईको प्रतिक्रिया