मिर्चैयामा निमार्णाधिन नालाकाे यस्ताे हालत

सिरहा, १९ श्रावण । अबिरल बर्षाले मिर्चैयामा निर्माणाधिन नाला भत्केका छन् । बुधबार देखि भईरहेको अबिरल बर्षाको कारणले मिर्चैयामा संचालन नहुँदै नाला भत्किएको छ । पुर्र्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ मा निर्माणाधिन नाला संचालन नहुँदै भत्केकोले ठेक्केदारमाथी प्रश्न चिन्ह उठेको छ । जिल्ला समन्वय समिति सिरहासंग भएको सम्झौता अनुसार करीब ३४ लाखको बजेटमा १ सय ७५ मिटर नाला निर्माण गरेको उपभोक्ता समितिका सचिब दिनेश साहले बताए । भत्किएको नाला पुनः निर्माण गर्न जिल्ला समन्बय समिति सिरहासंग छलफल गर्ने सचिब साहले बताए । सचिब साहले उपभोक्ता समितिसंग बाँकी रहेको केहि रकमले पनि भत्किएको नाला निर्माण गर्न छलफल गर्ने जनाए ।

 

यता, मिर्चैया थाना चौकदेखि बजार जाने बाटोमा निर्माणाधिन नाला अत्याधिक बर्षाले भत्किएको छ । मिर्चैया नगरपालिकासंग करीब ३९ लाखमा मिर्चैयाको थाना चौकदेखि बजार जाने बाटोमा करीब ४ सय मिटर नाला निर्माण गर्न ठेक्का पाएका श्री शक्ति निर्माण कन्ट्रक्सनले सम्झौता अनुसार काम गरिरहेको बताएका छन् । नाला निर्माण गर्ने क्रममा थाना चौकमा स्थानियले घर नभत्काएकोले काम गर्न समस्या भईरहेको कन्ट्रक्सनका प्रतिनिधि संतोष साहले बताए । भत्किएको नाला पुनः बनाउने प्रतिनिधि साहले थपे ।

मिर्चैया नगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमै नाला निर्माणमा निर्माण व्यावसायीले हदैसम्मको कमसल काम गर्ने गरेकोले संचालन नहुँदै भत्किएको स्थानियले आरोप लगाएका छन् । सम्झौता अनुसार ठिकेदारले काम नगरेकोले कामको छानबिन गर्न स्थानियहरुले माँग गरेका छन् ।

मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले पानीको भार थेग्न नसकेर नाला भत्किएको प्रतिक्रिया दिएका छन् । भत्किएको स्थानमा फेरी मर्मत हुने समेत अधिकृत कार्कीले बताए । नाला निर्माणमा कुनै किसिमको कमजारी नरहेको भन्दै पानीको बहाब बढी भएकोले भत्किएको मिर्चैया नगरपालिकाका इन्जिनियर राजेश गुप्ताले दाबी गरेका हु्न् । नाला निर्माण गर्ने क्रममा थाना चौकदेखि बजार जानेबाटोमा स्थानियहरुले घर नतोडेकोले पानीको निकास नहुँदा नाला भत्किएको इन्जिनियर गुप्ताले स्पष्ट गरे ।

तपाईको प्रतिक्रिया

Loading...