महिला शशक्तिकरणको साधारणसभा सम्पन्न

तरहरा । महिला शशक्तिकरण समूह सुनसरीको ११ औँ बार्षिक साधारणसभा बुधबार तरहरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं.२ सुनसरीका सभापति तथा इटहरी उपमहानगरपालका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले लक्षित बर्ग मध्य महिला पनि समाजको अभिन्न अंग भएको बताउँदै आगामी दिनमा शशक्तिकरणले महिलाको अभिबृद्धिका लागी थप कार्यक्रमहरु आयोजना गर्दै जानुपर्ने बताए ।

नवनिर्वाचित जनप्रतिनिधीहरुले महिलाको हक हितका लागी बिशेष कार्यक्रमको योजना ल्याउँने बताउँदै श्रेष्ठले तरहरामा मात्रै नभई सुनसरीका ग्रामीण क्षेत्रहरुका महिलाहरुलाई पनि सिप बिकासका काममा सिपमूलक कार्यक्रमहरु गर्नुपर्ने बताउँदै शशक्तिकरणलाई जस्तो सुकै अवस्थामा समेत आँफूले तन,मन ले सकेको साथ सहयोग गर्दै जाने बताए ।

आगामी दिनमा फोहोर ब्यबस्थापन,सिपमूलक तालिम,अभिमुखीकरण तालिम,महिलाको क्षमता अभिबृद्धिका लागी बिभिन्न सचेतनामूलक तालिमहरुको आयोजना गर्दै जाने संस्थाकी सचिव चन्द्रकला घिमिरे(कट्वालले) बताइन् । शशक्तिकरणकी संस्थापक अध्यक्ष राधा घिमिरेले आँफू संस्थाको मात्रै नभई जनप्रतिनिधि पनि भएको बताउँदै महिलाहरुको समस्याहरु निर्धकताका साथ राख्न आग्रह गरेकी थिइन् ।

कार्यक्रममा इटहरी वडा नं.२० का वडा सदस्य रामबहादूर गिरी,समाजसेवी खेमराज दाहाल,दिल कुमार बन,महेन्द्र गिरी,हाँसपोसा सामूदायिक बनका अध्यक्ष कर्ण बहादूर राउतलगायतले बाेलेका थिए ।

तपाईको प्रतिक्रिया