मयुर सामुदायिक वनको अध्यक्षमा तामाङ

उर्लाबारी / मयुर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा बिक्रम तामाङ सर्वसम्मत चयन भएका छन् । मोरङको मिक्लाजुङ ४ र ६मा रहेको वनको शनिबार भएको सातौ वार्षिक साधारण सभाले तामाङलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्ष बाहेकका सबै पदहरुमा सर्वसम्मत भएको सभामा महेन्द्र थेगिमले प्रेम तामाङलाई उपाध्यक्षमा विजयी हासिल गरेका थिए ।

वन उपभोक्ताहरु माझ लोकप्रिय थेगिमले साधारण सभाको अन्तिम समयमा भएको मतदानमा ३३ र तामाङले २४ मत प्राप्त गरेका थिए । सचिबमा बलबहादुर लकान्द्री र कोषाध्यक्षमा रेणुका राई चयन भएका छन् भने सदस्यहरुमा रमना राई, देबि तामाङ, कुल बहादुर तामाङ, रामप्रसाद थेगिम, देबेन्द्र तामाङ लगायत चयन भएका छन् ।

वनका पुर्बअध्यक्ष दिलबहादुर दर्जिको सभापतित्वमा आयोजित कार्यक्रम जिल्ला वन कार्यालय मोरङका उपाध्यक्ष रामकृष्ण राई प्रमुख अतिथि सम्पन्न भएको थियो । १४५ हेक्टर क्षेत्रफल रहेको वनमा ३५० घर उपभोक्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...