मजदुर दिवशको अवसरमा ट्रेड युनियन काङ्ग्रेसकाे प्रभातफेरी

इटहरी ।  सुनसरीको दुहवीमा पनी नेपाल टे«ड युनियन काङ्ग्रेस प्रदेश नम्वर १ र जिल्ला समितीले विश्वका सम्पूर्ण मजदुर एक हौ भन्ने नारा लगाउँदै दुहवी नगरपालिका क्षेत्रमा लिकालिएको ¥यालीले बजार परिक्रमा पछी कोणसभा गरेर कार्यक्रम सम्पन्न भएकाे छ। सार्क टु का महासचिव तथा नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्व केन्द्रिय अध्यक्ष लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मजदुर नेता बस्नेतले नेपालमा मजदुरहरुको अथक मिहेनत र सक्रियतामा नेपालीहरुले ठूला राजनीतिक परिवर्तन गर्ने सफलता प्राप्त गरेको भए पनि अझै नेपाली मजदुरहरुले न्यायोचित प्रतिफल भने पाउन नसकेको बताए ।
सार्क टु महासचिव बस्नेतले नेपाली किसानहरुले जसरी आफ्नो उत्पादनको मुल्य सहज रुपमा प्राप्त गर्न सकिरहेका छैनन त्यसैगरी मजदुरहरुले पनि कामको ज्याला
सहज रुपमा पाउने अवस्था रहेको तर्फ राज्य जानकार भएर पनि अझै त्यसको ब्यवस्थापनमा राज्य बेखवर झै बस्नु अन्यायपूर्ण रहेको बताए।


सोही अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेसका सह कोषाध्यक्ष जनार्दन निरौलाले नेपाली मजदुरहरुले श्रमको न्यायोचित मुल्य पाउने अवसर नहुनु भनेको हामी नेपालीहरुले राज्यबाट न्याय पाउन सक्ने अवस्था नरहेको बताए । प्रदेश नम्वर १ का अध्यक्ष नारायणबाबु कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नेताहरु मोहम्मद अब्दुल मियाँ मेहन्दी हुसैन माधव चौधरी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया