भोजपुर सुनसरी सेवा समाजले भोजपुरका आगलागी पीडितलाई सहयोग गर्ने

धरान । भोजपुर सुनसरी सेवा समाजले भोजपुरका आगलागी पीडितलाई सहयोग गर्ने भएको छ । समाजले आज धरानमा पत्रकार सम्मेलन गरी धरान र इटहरीबाट संकलित ४ लाख ९ हजार ३ रुपैया भोजपुर भोटेपसलका पीडितहरुलाइ सहयोग गर्ने भएको हो । मंसिर ५ गते भएको भीष आगलागीबाट भोजपुर भोटेपसलका गणेश श्रेष्ठ, बद्री राणा, अरविन बराइली, लालबहादुर विक, दाछिका शेर्पा, मोहन आचार्य, फविन्द्र प्रधान र वीरबहादुर पोर्तेलको घर पूर्ण रुपमा क्षति भएको भन्दै इटहरी र धरानबाट संकलित ४ लाख ९ हजार ३ सय रुपैया पौष ४ गते पीडित समक्ष पुगेर राहत वितरण गरिने समाजका सचिव रेवतीरमण राईले जानकारी दिनुभयो ।

भोजपुरमा जन्मेर सुनसरीमा बसोबास गर्दै आएकाहरुले २०७० सालमा गठन गरिएको यो संस्थाले गत सालको वैसाख १२ गते भएको महाभुकम्प र त्यसपछि गएको पराक्रमले पु¥याएको क्षतिपश्चात भोजपुरको दोभाने र खाराम्बामा भएका पीडितहरुलाई आफ्नै संस्थामा आवद्ध सदस्यहरुबाट संकलित ३ लाख ७० हजार सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...