भेडेटार फूड फेष्टिभल शुरु

धनकुटा, १६ पुस / अंग्रेजी नयाँ  बर्षलाई लक्षित गरी धनकुटाको पर्यटकीय नगरी भेडेटारमा पाँचौ फुड फेष्टिभल (खाना महोत्सव) शुरु भएको छ । महोत्सवको शनिबार एक कार्यक्रम गरी भौतिक पूर्वाधार राज्य मन्त्री सिताराम मेहताले उत्घाटन गर्नुभएको छ । सो अबसरमा मन्त्री मेहताले भेडेटार लगाएतका चुरे क्षेत्रका पर्यटर्कीय क्षेत्रमा सरकारले लगानी गर्ने बातावरण तयार गर्ने जानकारी दिनुभयो ।

१६ गते देखि ३ दिन सम्म चल्ने उक्त महोत्सवमा २५ हजार पर्यटक भित्रयाउने लक्ष रहेको आयोजक संस्था होटल एशोसियसनका अध्यक्ष लिला लावतीले जानकारी दिनुभयो । करिब १८ लाखको लागतमा जिबिस धनकुटा र भेडेटार गाबिस सहकार्यमा सम्पन्न उक्त महोत्सव अवधिमा ४५ लाख सम्मको कारोबार गर्ने लक्ष रहेको लावतीले जानकारी दिनुभयो ।

महोत्सव अवधिमा उक्त क्षेत्रको ऐतिहाँसिक साँगुरी गढी, पाथीभरा मन्दिर, सिएन एनको १२ औ गन्तव्यमा परेको नाम्जेको मगर गाउँ,नमस्ते झरना लगाएका स्थानहरु घुम्न सकिनेछ । आगनतुकहरुले स्थानिय जातजातिले बनाएको परिकार, होमस्टे सेवाका साथमा प्याराग्लाईडिङ्गको मजा समेत लिन सक्ने आयोजकले जानकारी लिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...