भिषण बर्षा जारी, अधिकांश स्थान जलमग्न ( १० तस्विरहरू)

माेरङ । बिहिबार रातिदेखि जारी अबिरल बर्षा नरोकिएपछि मोरङका अधिकांश नगरपालिका र गाँउपालिका डुबानमा परेका छन भने खोलामा आएको बाढीले आसपासका क्षेत्रमा तिब्र कटान शुरु गरेको छ ।बुढी, गछिया, लोहन्द्रा, चिसाङ, मावा, लगायतका खोलामा आएको बाढीले आसपासमा रहेका दर्जनौ घर बगाईसकेको छ भने बाढी गाँउ पस्दा अधिकांश गाँउहरु जलमग्न भएका छन ।

बाढीका कारण इटहरी, रामधुनी ,केराबारी,बेलबारी,बिराटचौक,पथरी,उर्लाबारी,इटहरा,बिराटनगर लगायतका अधिकांश ठाँउहरु डुवानमा परेका छन । यातायात सञ्चालनमा समेत समस्या भएको छ । यो समाचार तयार पार्दा सम्म भिषण बर्षा जारी नै रहेको छ । सुनसरी तथा माेरङ जिल्लामा एक दर्जन बढीकाेमृत्यु भईसकेको छ भने बेपत्ता हुनेकाे एकिन तथ्याङ्क छैन  ।

तपाईको प्रतिक्रिया