बुढिखोला नयाँ बृन्दाबनमा सवा करोड दीप प्रज्वलन

इटहरी । मोरङ्गको सुन्दरहरैचा नगरपालिका स्थीत बुढिखोला तटमा रहेको नयाँ बृन्दाबन गौशालामा नयाँ बर्ष २०७४ को पावन अवसर पारेर विभिन्न धार्मिक कार्यक्रमसँगै नेपालीहरुको भविष्य शान्तिको कामना गर्दै सवा करोड दीप प्रज्वलन गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल नयाँ बृन्दाबन गौशालामा नेपालको शान्ति र नेपाली जनताको भविष्यको कामना गर्दै सवा करोड दीप प्रज्वलनमा भक्तजनहरुको भब्य सहभागितामा विविध कार्यक्रम तथा दीप प्रज्वलन गरिएको नया बृन्दाबन गौशालाका संस्थापक संरक्षक दीनबन्धु शास्त्रीजी महाराजले जानकारी दिनुभयो ।
नयाँ बर्ष २०७४ ले शासकबाट नेपाली जनताले पीडा र शास्त्री पाउने योग रहेकाले त्यसबाट नेपाली जनतालाई शान्ति समृद्धि र सुख मिलोस भन्ने कामना गर्दै सवा करोड दीप प्रज्वलन गरी राष्ट्र शान्ति एवम नेपाली जनताले भोग्नु पर्ने पीडाबाट मुक्ति मिलोस भनेर दीप प्रज्वलन गरिएको पनि गुरुजी दीनबन्धु शास्त्रीजी महाराजले स्पष्ट पार्नुभएको छ ।


धार्मिक पर्यटकीय स्थलका रुपमा द्रुत गतिले विकास भई रहेको नयाँ बृन्दाबन गौशालालाई साँच्चिकै धार्मिक पर्यटकीय स्थलका रुपमा सुन्दर र मनमोहक आस्थाका केन्द्रका रुपमा सँधै गुल्जार तुल्याई राख्नका लागि पनि हरेक महत्वपूर्ण चाडपर्व तथा धार्मिक गतिविधिहरु नयाँ बृन्दाबनले संचालन गर्दै आएको छ ।
राष्ट्रिय हिन्दु एकता समाजका इन्द्र ओलीको प्रमुख आतिथ्य तथा क्षेत्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त धार्मिक कार्यक्रममा पदमप्रसाद प्रसाई, कमलराज दाहाल, गौरीशङ्कर अग्रवाल, जयधर्म आचार्य कर्णवहादुर श्रेष्ठ गुरुजी महाराज दीनबन्धु शास्त्रीजी महाराजले नयाँ बर्षको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो ।

 

विभिन्न धार्मिक गीत तथा नाचसँगै प्रहसन र घरदेखि बृद्धाश्रमसम्म नामक नाटक समेत प्रस्तुत गरेर मानव समाजमा बसोवास गर्दै आएको आस्तिक र धार्मिक आचरणले गर्दा भोग्नु पर्ने पीडाका विषयमा सहभागिहरुलाई ज्ञान दिने कार्य समेत गरिएको थियो भने साँझ पाँच बजे सवा करोड बत्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया