बायोइन्जिनियरिङ माध्यमको तटबन्धन प्रभावकारी

मोरङ /एक थुकी सुकी सय थुकी नदी भने झै चिसाङ खोलाको ढुंगेबगर अहिले हरियाली मात्र होईन बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण भएको छ । सामूहिक प्रयास गर्ने हो भने जुनसुकै काम सजिलै गर्न सकिने उदाहरण मोरङको केरौन ९ स्थित धर्तीमाता कृषि सहकारी संस्था लिमिटेडले प्रस्तुत गर्दै बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण गरेको हो । सो सहकारीका अध्यक्ष गोपाल खड्काका अनुसार सो सहकारीले खोलामा बायो इन्जिीनियरिङ वृक्षारोपणको माध्यमबाट खोलामा तटबन्ध गर्ने र सो क्षेत्रमा सहकारी विभिन्न खेती गर्ने उद्देश्यले १ करोड ५० लाख रुपैयाँमा १२ विगाहा ढुंगेबगर खरिद गरेको हो ।

२०७१ मा स्थापना भएको सो सहकारीले सुरुका दिनमा खोला किनारको ढुंगेबगर खरिद गर्दा अधिकांश शेयर सदस्यले असन्तुस्ट थिए । तर, चिसाङ खोला किनारको खोलासँगै जाडिएको २ विगाहा १० कठ्ठा बगरमा वृक्षारोपण गरेको दुई वर्ष भयो बिरुवाहरु हुर्कीदैछन । अहिले सो क्षेत्र हराभरा भएको छ । सो बगरमा यस्तै मेवा र कागतीका २ विगाहामा लगाएको छ । एक लाइनमा कागती र अर्को लाइनमा मेवा रोपिएको छ । दुई विगाहामा कागतीका ३ सय बिरुवा र मेवाका २ सय विरुवा रोपिएको छ ।
त्यसैगरी अलि डाँडो जग्गामा ५० वटा आँपका विरुवा पनि रोपिएको छ । एउटै जग्गामा आँप,कागती र मेवाको ब्यावसायिक खेती पूर्वमा पहिलो पटक सुरु गरिएको बताईएको छ ।

१२ विगाहा जग्गालाई पूर्वकै कृषि तथा पशुपालनको स्रोतकेन्द्र बनाउने उद्देश्य रहेको सहकारीका अध्यक्ष खड्काको भनाई छ । उहाँका अनुसार बाख्रा, बंगुर र गाईपालनका लागि अलग–अलग गोठ निर्माण कार्य भइरहेको छ । गाई र बाख्राका लागि आवश्यक पर्ने विभिन्न जातको घाँस ५ विगाहा खेतमा लगाइएको छ । त्यति मात्र होइन ,आधुनिक दाना निर्माणका लागि सहकारीले आफ्नै प्राविधिक उत्पादन गरिरहेको छ । संस्थाका सचिव नीलमणि पराजुली भन्नुहुन्छ ‘हाइड्रोपोनिक’ प्रविधि सुरु भएको छ, । उहाँका अनुसार जसले थोरै दानाबाट धेरै पोष्टिक तत्व प्राप्त गर्छ । सो सहकारीले प्रविधिबाट दाना उत्पादन गर्नका लागि काम सुरु गरिसकेको छ । सचिब पराजुलीका अनुसार आगामी कात्तिकबाट गोठमा गाई, बाख्रा र बंगुर लगाइने छ ।

 

शेयर सदस्यहरूले अघिल्लो साधारण सभामा १२ विगाहा जग्गालाई कृषि तथा पशुपालनको स्रोत केन्द्रका रुपमा स्थापना गर्ने निर्णय गरिसकेका छन् र सोही अनुसार काम भइरहेको अध्यक्ष खड्का बताउनु हुन्छ । उहाँले भन्नुभयो–बायो इन्जिनियरिङका माध्यमबाट खोलामा गरिएको तटबन्ध निक्कै प्रभावकारी भएको छ । बर्षेनिक खोाको कटान सहनु पर्ने सोक्षेत्रमा बोट बिरुवा लगाएपछी खोला आफै साईजमा आएको स्थानीय भोगीराज न्यौपानको भनाई छ । उहँँले भन्नुभयो,‘ खालाले बगाएर लौजाला भन्ने त्रास थियो बिरुवा हुर्कीएदेखि देखि ढुक्क छ, ।

 

तपाईको प्रतिक्रिया

Loading...