बाढीले बगाएर मोरङमा दुईको मृत्यु : सयाै घरहरू डुबानमा

 बेलबारी । लोहन्द्रा खोलाले बगाउँदा शुक्रबार साँझ केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ । स्थानीय बेलबारी बजारबाट घरतर्फ फर्कने क्रममा साँझ खोलाले बगाएका थापाको शव खोजी गर्ने क्रममा केही पर फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

उता मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित बक्राहा खोलाले बगाएर शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–२ का ३२ वर्षीय गंगाराम खतिवडा छन् । मधुमल्ला बजारस्थित आफन्तलाई भेटेर घर फर्कने क्रममा खतिवडालाई बक्राहा खोलाले बगाएको थियो । खतिवडालाई साँझ साढे ६ बजे मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यलय बेलबारीका निरिक्षक कटुवालका अनुसार अहिले सम्म केरबारी ९ को कसुमे बस्तिका ६ घर खोलाले बगाई सकेको छ भने करिव ३ सय घरमा डुवानमा परेका छन । लगातारको बर्षा सँगै लोहन्द्रा खोलामा आएको बाढीका कारण बेलबारी ३ को खोरिया टोलका ४० घर वाढीको उच्च जोखीममा परेका छन ।

खोलाले धार परिबर्तन गर्दा उत्त क्षेत्रका करिब ४० परिवार जोखिममा परेको इलाका प्रहरी कार्याल बेलबारीले जनाएको छ । त्यस्तै सुन्ददरहरैचाको १ नम्बर टोलका करिव ४० घर पनि बाढीको उच्च जोखिममा परेका छन ।

तपाईको प्रतिक्रिया

Loading...