प्रेमीसँग मिलेर श्रीमानको हत्या

 

रौतहट – श्रीमान विदेशमा गएको बेलादेखि सुरु भएको प्रेम सम्बन्धमा समस्या आउने भएपछि प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेको खुल्न आएको छ ।स्थानिय करुनिया गाविस २ का ३२ बर्षीय अभिनन्दन साहको उनकी श्रीमती सकुन्तला देवी र प्रेमी सोही ठाँउका २५ बर्षीय पप्पु भनिने मनिष कुमार शुमनले धारीलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्त मनिष र सकुनतलालाई सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले पत्नी र प्रेमिका बिचको अबैध संबन्ध श्रीमानले थाहा पाएपछि दुबैले षडयन्त्र गरेर अभिनन्दनको हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।अभियुक्त प्रेमिका मनिषले पत्रकार सम्मेलनमा पत्नी सकुन्तलाको सलाह अनुसार अभिनन्दनको हत्या गरेको स्विकारेका थिए ।

गत २२ गते करुनिया ६ स्थित कामदेई खोलाको छेउ सिसौघारीमा अभिनन्दन साह मृत अवस्थामा फेला परेका थिए । शव देखिएपछी प्रहरी निरिक्षक बिरेन्द्र पाश्वानको कमाण्डमा प्रहरी निरिक्षक केशव रेग्मी सहीतको टोलीले घटनास्थल पुगेर चारदिन लगाएर गरेको अनुसंधान पछि अभियुक्त प्रेमी मनिष र मृतककी श्रीमती सकुन्तलालाई पक्राउ गरेको थियो ।

पत्रकार सम्मेलनमा जनाइए अनुसार मृतक अभिनन्दन बैदेशिक रोजगारीमा रहेको बेला प्रेमी मनिषले आफनै नामको सिम सकुन्तला लाई दिएका थिए । चारबर्ष बिदेश रहेर चारमहिना अघि आएका मृतक अभिनन्दनले श्रीमती र प्रेमीबीच मोबाईल मार्फत पटक पटक कुराकानी गर्दा रंगेहात पक्राउ गरेका थिए । सिम कसको हो भनी सोधदा प्रेमी मनिषले अभिनन्दनलाई सिसौँघारी तिर हिंड म बताउँछु भनी बोलाएर लगेका थिए ।

अगाडी गईरहेका पती अभिनन्दनलाई मनिषले पछाडीबाट टाउकोमा फलामको रडले प्रहार गरेको बताएका छन् । रड प्रहार बाट बेहोश भएका अभिनन्दनलाई घिसारेर सिसौघारी भित्र लगी चक्कुले घाँटी रटेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या पछि मृतकको पाकेटमा रहेको सामसुंगको मोबाईल फोन समेत अभियुक्तले लिएर गएका थिए । टाउकोमा प्रहार गरीएको दुईवटा फलामको रड, हत्या गर्दा प्रयोग गरेको हतियार चक्कु र मृतकको मोबाईल समेत पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त पत्नीको एउटा आठबर्षको छोरी छिन् भने प्रेमिका मनिषको दुईजना छोरा छोरी रहेका छन ।

तपाईको प्रतिक्रिया