प्राज्ञ विवश पोखरेल र पत्रकार भटटराई सम्मानित

इटहरी, यमुना देवि वैजनाथ भटटराई स्मृति प्रतिष्ठान विराटनगरद्वारा प्राज्ञ विवश पोखरेल र सप्तकोशी एफएमका प्रधानसम्पादक लिलाराज भटटराई सम्मान र पुरस्कृत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ दधिराज सुवेदीले लार्इ सम्मान गरेकाे छ । मोफसलमा रहेर विगत साढे तीन दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा समर्पित रही विशेष योगदान दिएकाले कवि तथा कथाकार, प्राज्ञ विवश पोखरेललाई नगद २१ हजार र सम्मानपत्र सहित  यमुनादेवी वैजनाथ भट्टराई स्मृति साहित्य पुरस्कार २०७३ प्रदान गरिएको हो ।

यसैगरी सो प्रतिष्ठानबाट २०७३ सालको यमुनादेवी वैजनाथ भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सप्तकोशी एफ.एमका प्रधानसम्पादक लीलाराज भट्टराई ७ हजार र सम्मानपत्र सहित पुरस्कृत गरेकाे छ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि प्राज्ञ दधिराज सुवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी प्रमुख प्रेम भटटराई, प्रा डा टंक न्यौपाने, प्रा डा वद्रि विसाल पोखरेल, प्रा डा गोपाल भण्डारी, कृष्ण विनोद लम्साल,कुन्ता शर्मा,गायत्री कुमार चापागाँई, संस्थाकी अध्यक्ष कविता चापागाई लगायतले पुरस्कृत ब्यक्तित्वलाई वधाई दिनुभयो ।

साथै साे कार्यक्रमकाे अवसर पारी योगेश्वर भटटराईका दुइवटा कृति लोकापर्ण गरिएको छ ।अमृत वातावरण र कसैको यादमा कविता सँग्रह लोकापर्ण गरिएको हो ।

तपाईको प्रतिक्रिया