पाेलीयाे राेगले दुवै खुट्टा गुमाएपछि मर्नु न बाच्नुकाे दाेसाधमा छन ऋिषिदेव

रबिन्द्र बराल –

माेरङ / माेरङकाे सुनवर्सि नगरपालिका ५ झुङगी टाेल अासपास निवासी मानिक चन्द ऋिषिदेव पाेलीयाे राेगका कारण दुवै खुट्टा नचल्ने भएपछि सात जनाकाे परिवार पाल्न दैनिक समस्यामा परेका छन । पाँच बर्षकाे उमेरमा सामान्य खुट्टा दुख्ने समस्या बाट पिडित भएका ऋिषिदेव बिस्तारै पाेलीयाेबाट ग्रस्त भइ अहिले अपांग बनेका छन ।

 उनका दुवै खुट्टा चल्दैनन । समयमै उपचार गराउन नसक्दा उनका दुवै खुट्टा नचल्ने गरी अपांग बनेका हुन । अार्थिक अवस्था कमजाेर रहेकाे ऋिषिदेव अहिले कमजाेर बनेपछि सातजनाकाे परिवार संकटमा परेकाे छ ।

बार्षिक ५ हजार रुपैया भाडामा लिएर दस धुर जग्गामा सानाे घर बनाएर बसाेवास गरिरहेका ऋिषिदेव अहिले गाउमै साइकल मर्मत गर्ने पशल सञ्चालन गर्दै अाएका छन ।

उक्त पशलबाट दैनिक २ देखि ३ सय मात्र कमाइ हुने जसले घरकाे खर्च समेत धान्न गाह्राे हुने ऋिषिदेव बताउछन । अाफु थला परेपछि परिवारकाे बिजाे हुने भन्दै देश बिदेशमा रहेका नेपालीहरूबाट सहयाेगकाे याचना गरेका छन ।

तपाईको प्रतिक्रिया