पर्यटकलाई मध्यनजर गर्दे संखुवासभाको तुम्लिङटारमा मकालु रिसोट

संखुवासभा , भाद्र २६ / तुम्लिङटारमा सुविधासम्पन्न होटल सोमबारबाट संचालनमा आएको छ । आन्तरिक र बाह्य पर्यटकलाई मध्यनजर गर्दै मकालु रिसोट संचालनमा ल्याइएको हो । रिसोटका संचालक राजकुमार घिमिरेले पर्यटकलाई सुविधा युक्त होटल नभएकाले रिसोट संचालन गरेको बताए । उनले यो रिसोटमा १५ वटा सुविधा युक्त कोठाहरु रहेको बताए ।

रिसोटको एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष कुशकुमार जोशीले उद्घाटन गरे । उनले संखुवासभा पर्यटकको हिसाबले निक्कै महत्वपूर्ण जिल्ला भएकाले सुबिधा जनक होटलहरु संचालन भएपछि थप आन्तरिक र बाह्य पर्यटक भित्रिने बताए । उनले राजधानीमा केन्द्रित एनजिओ÷आइएनजिओहरुको बैठक र कार्यक्रम अब संखुवासभामा गर्न सकिने बताए ।

पूर्वी पहाडमा संखुवासभा निक्कै अगाडी भएकाले यस्ता प्रकारका होटल संचालन हुन जरुरी भएको बताए । कार्यक्रममा नेपाल अष्ट्रेलिया उद्योग वाणिज्य संघका अध्यक्ष अखिलकुमार चापागाई लगायतले शुभकामना दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया