परिचय बदल्दै जुट कृषक : आम्दानी कम लगानी बढी

मोरङ / मोरङको कटहरी ९ का भुपेन्द्र कार्कीले जुट खेती गर्ने छोड्ेको करिव दुई वर्ष भयो । पाँच बिघाहामा जुट लगाउनु भएका कार्कीले लगानी बढी आम्दानी कम भएपछी जुट अर्थात( पट्वा) खेती लगाउन छाड्नु भएको हो । कार्की यतीबेला धानखेती गर्दै आउनु भएको छ ।

जुट खेतीमा आम्दानी भन्दा खर्च बढी भएपछी धान खेती गर्न थाल्नु भएको हो । यतिखेर उहाँलाई स्थानीय मानिषहरु धन उत्पादक कृषक भनेर चिन्छन । उहाँले भन्नुभयो,‘ आम्दानी भन्दा लगानी बढीछ जुट खेती गरेर फाईदा हुदैन के गर्नु ? ,। उहाँमात्र होईन मोरङको शिसवानी बडहराका महोनलाल महतोले पाँच वर्ष अघि सम्म ९ बिघाहा जमिनमा जुट अथवा( पट्वा) खेती गर्नु हुन्थ्यो ।

तर जुट खेतीबाट फाईदा नभएपछी उहाँले पनि धान खेती नै गर्न थाल्नुभयो । जुटले भाउ नपाउने, कामगर्ने मजदुरको अभाव, खर्चीलो खेती, लगानी बढी अम्दानी कम यस्तै समस्याले उहाँले जुट खेती हटाउनुभयो । मोरङमा जुट प्रंतिक्वन्टल पाँच हजार रुपैया छ । उहाँले अहिले ८ बिघा ९ कठ्ठामा धान र १० कठामा जुट खेती गर्दै आउनु भएको छ । जुटउत्पादन गर्दै आएका किशानको परीचय बदलीएको छ ।

उहाँलाई जुट किशान भन्दापनी धान खेती गर्ने किशान भनेर चिन्छन । उहाँले भन्नुभयो,‘ विना फाईदा जुट खेती गरेर के गर्ने ?,। एक हजार हेटर मोरङमा जुट खेति भएको जिल्ला कृषि बिकास कार्यलय मोरङको तथ्याङमा उल्लेख छ । गत वर्ष १ हजार ७ सय हेक्टर जुट खेति हुदै आएको थियो ।

जुट उत्पादक कृषकलाई सरकारले प्रोत्साहान नगर्दा जुट उत्पान गिरावट आएको छ । जुट उत्पादनमा गिरावट आउनु र मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा संञ्चालीत आधादर्जन जुट उद्योग बन्द हुनुले राम्रो संकेत नभएको उद्योगि प्रकाश मुन्दडाको भनाई छ । उहाँले भन्नुभयो,‘ जुटको व्यपारलाई सरकारले प्रोत्साहन नगरेसम्म उभोलाग्दैन,। विराटनगर जुटमील्स ,नरेश राठीको गुहेश्वरी जुटमील्स ,त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भएका छन ।

 

तपाईको प्रतिक्रिया

Loading...