नामको संयोग : श्रीमान् सुखिलाल ,श्रीमति दुखनी

कटारी /  उदयपुरको कटारी नगरपालिका ३ बाट १४ असारमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा दलित महिला सदस्यमा एमालेबाट दुखनी मुसहर (४६) ८ सय भन्दा बढी मत ल्याएर वडासदस्यमा निर्वाचित भईन् । दुखनी नगरपालिकाको हलमा सम्पन्न मतगणनास्थलमा थिईन् । श्रीमान् सुखीलाल मुसहर (४८) घरको काममा थिए । जब श्रीमति दुखनी निर्वाचित भएको सुखीलालले सुने उनको आँखामा बल्ल खुसीको आँशु आयो उनी दौडिएर नगरपालिका पुगे । दुखनि अबिरले रातै थिईन् ।
नामको संयोग पनि कस्तो श्रीमानको नाम सुखिलाल त्यसकै विपरित श्रीमतिको नाम दुखनी मुसहर । दुखनीलाई चुनाब जिताउन सुखिलालले धेरै साथ दिए । ‘चुनाब लड्न ४६ हजार ऋण गरेको थियौं तिर्न सकेका छैनौ ’सुखिलालले भने । चुनाब जिताउन किस्तामा र आफन्तसँग गरी उक्त ऋणको भारी टाउकोमा छ । तर सुखिलाल र दुखनीको ओठमा हाँसो जिवित छ ।

बनिबुतो गरेर खाने दुखनीलाई चुनाब जितेपछि झनै चुनौति बढेको छ । ‘बनिबुतो गर्न जानै छाडिसकें ’ सबैले सदस्य मान्छेले यस्तो काम गर्छन भन्छन् । ’उनलाई अहिले टोल , वडा भेलामा जानुपर्छ । अहिले सम्म उनले भेला , बैठक गोष्ठिबाट एकपैसा भत्ता पाएकी छैनन् । श्रीमान सुखिलालले गरेको तरकारी , खसीबोका व्यापार र बटिया खेतिपातिले गुजारा चलेको छ ।

श्रीमान सुखिलालको दुःखले श्रीमति दुखनी स्थानिय निकायको निर्वाचनमा वडामा निर्वाचित मध्ये सर्बाधिक मत ल्याएर वडा सदस्य भईन् । सुखिलाल र दुखनीको एउटै साझा सपना छ एकिकृत मुसहर बस्ति बनाउने ।

महिला सदस्यमा निर्वाचित भएपछि दुखनीले वडाध्यक्ष राम पोखरेल मार्पmत टोलमा रहेको १५ घर मुसहरहरुको लागि एकिकृत दलित बस्तिको माग राखेर पठाएकी छिन् । ‘आप्mनै नामको जग्गा सहितको बस्तिको माग गरेकी छु ।’हस्ताक्षर मात्रै गर्न जानेकी दुखनीले भनिन् ।

सदस्य भएपछि घरको दुःख आप्mनो ठाउँमा छ दुखनीले थुप्रैको नागरिकता बनाउन सिफारिसका लागि सहयोग गरेकी छिन् । मतदाता नामावलीमा थुप्रै मुसहर समुदायको नामावली दर्ता गराईन् । लामो समय देखि एमालेको सदस्य बनेकी दुखनीको दिनचर्या फेरिएको छ । घरमा खाना बनाउने जिम्मा सुखिलालमा सरेको छ । ठट्टा गर्दै सुखिलालले अब खाना बनाउने मान्छे अर्कै ल्याउनु पर्यो भन्दा झस्किएपनि दुखनी सुखिलालले त्यसो नगर्नेमा विश्वास्त छिन् । सुखिलाल र दुखनीका २ छोरा र १ छोरी छन् । सबै आ–आप्mनै व्यवहारमा छुट्टिई सकेका छन् । ४ कट्ठा जग्गाको खेतिपातिका साथै बटिया खेतिको जिम्मा पनि सुखिलाल र दुखनीमा छ । सुखिलालको साथ र मायाले दुखनीले आगामी निर्वाचनमा पनि भाग लिने अठोट लिएकी छिन् । ‘राम्रो काम गर्छु अर्को चुनाबमा पनि लड्छु । ’उनले भनिन्।

जिल्लाकै दोस्रो ठूलो व्यापारिक क्षेत्र भएको कटारी नगरपालिकाको वडा नम्बर ३ नगरपालिकाकै केन्द्र वडा हो जहाँबाट दुखनी दलित सदस्य निर्वाचित भईन् । मुसहर समुदायबाट अरुले पनि सदस्यमा जितेको उनले सुनेकी छैनन् ।  उनमा वडाको बजेट हत्याउने कुनै योजना छैन् भन्छिन् –‘एउटा नमुना मुसहर वस्ति र समुदायको नागरिकता , मतदाता नामावली , लालपुर्जा बनाउन सहयोग गर्न पाए पुग्छ । ’मुसहर बस्तिमा रहेको उनको घर सहितको बस्तिलाई मुसहरहरुको बस्ति पनि सफा , सुन्दर , र शिक्षित बनाउने दुखनीको रहर छ ।

तपाईको प्रतिक्रिया