नवजात शिशु मृत अवस्थामा फेला

पाँचथरको सिदिन ४ मा एक नवजात शिशु मृत अवस्थमा फेला परेको छ । स्थानिय २१ वर्षिय रमिला राईले जन्माएर फालेको भन्दै उनलाई र घटनामा संलग्न फिदिम १ वस्ने २८ वर्षिय केवर राईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई म्ांगलबार जिल्ला अदालत पाँचथरबाट कर्तव्य ज्यान सम्बन्धि मुद्धा अन्तर्गत म्याद थप गरी अनुसन्धानको कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया