नया बर्षको अवसरमा भेडेटारमा पाचौ खानापान महोत्सव हुने

धरान, ६ पुष / पुर्वको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अंग्रेजी नया बर्षको अवशर पारेर पाचौ खाना पान महोत्सव हुने भएको छ । विषेश गरि भारतिय पर्यटकहरुलाई लक्षित गरि भेडेटार बजारमा आमागी पौष १६ देखी १८ सम्म पाचौ खानापान महोत्सव हुने आयोजक होटल एसोसिएसन भेडेटारले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । भेडेटारको आर्थिक विकास सगै स्थानिय होम स्टेको प्रचार तथा यस क्षेत्रको पर्यटन प्रवद्र्दको उद्येश्यका साथ हुन लागेको महोत्सवमा विभिन्न जात जातिका खानेकुारा , सगै अर्गानिक खानपानको व्यवस्था रहने होटल एसोसिएनका भेडेटारका अध्यक्ष लिलाराज लावतीले जानकारी दिनु भयो । सधै भरी चिसो रहने भेडेटारमा आन्तरिक पर्यटहरुको आगमन मा वृद्धि हुदै गएको भए पनि भारत लगाएतका तेस्रो मुलुकका पर्यटकहरुलाई आकर्षित गर्न महोत्सवको आयोजना गरिएको उहाले वताउनु भयो ।

महोत्सवमा जात जातीका खान सगै हस्तकला र घरेलु उत्पादनको प्रद्र्धशनी तथा विभिन्न जात जातीको झाकी सगै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्जालीले वताउनु भयो । महोत्सवको अवसरमा सुर्यास्त तथा सुर्योदयको दृश्यावलोकन गर्न सकिने धनकुटाको धोजे डाडा , नमस्ते झरना लगाएतका आपसासका क्षेत्रको अवलोकनको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सव अवधिमा २० लाख भन्दा वढिको कारोबार हुने तथा १० हजार भन्दा बढि आन्तरिक तथा वाह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...