धुलो विरुद्ध सडकमा होम पाइप राखी अान्दाेलन

सुनसरी / सुनसरीको कान्छीचोक देखि नडाहासम्मको सडक धुलाम्मे भई सडक आसपासका मानिसले हैरानी भौग्नु परेपछि त्यस सडक खण्डका मानिसले सडकमा होम पाईप राखेर तत्काल सडक कालोपत्रे गरिनुपर्छ भन्दै आन्दोलित भएका छन । तीन बर्षअघि त्रिपल पी मोडेलमा निर्माण भएको सुनसरी कान्छीचोक चतरासम्मको २९ किलोमिटर कालोपत्रे सडकमध्ये अहिले १२ किलोमिटर सडक पुरै धुलाम्मे भएको छ । जसका कारण बकलौरीबासीहरु सडकबाट उड्ने धुलोकै कारण विभिन्न रोगले ग्रसित बन्नु परेको भन्दै सडकमा ओर्लिर आन्दोलन गर्न बाध्य हुनु परेको स्थानीय अम्बिका गिरीले आक्रोसित बन्दै तत्काल सरकारले सडक कालोपत्रे गर्नुपर्ने बताए ।

भान्सामा पकाएको खाना पनि धुलोका कारण खानै नहुने गरेको र बढि धुलोका कारण सडकमा हिँड्नदेखि बस्ने सवैलाई विभिन्न किसिमको रोगका सङ्क्रमणले हैरान पारिरहेकाले सडक कालोपत्रे गर्न सडक विभागको ध्यानाकर्षण गराउँदै हामीले सडकमा होम पाईप तेस्र्याएर आन्दोलन थालेको गिरीले बताए ।

सडक आन्दोलनमा ओर्लिएका राजकुमार नेपालले पनि कतिपय बकलौरीबासीहरुले धुलोकै कारणले बकलौरी छोड्नु पर्ने अवस्थामा पुगेको बताउनुभयो ।सडक धुलाम्बे भएपछी आन्दोलनमा उर्तनुपरेको सीतादेवी निरौलाले गुनासो सुनाउनुभयो । नौ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त सडकमध्ये १२ किलोमिटर सडक बनाउने ठेक्का पाएको रोशन कन्ट्रक्शनले निर्माण गरेको सडक पूर्ण रुपमा धुलाम्मे भएपछि बकलौरीमा सक्रिय नेपाल राष्ट्रिय किसान मोर्चाले सडकको दुरावस्थाप्रति आपत्ती जनाएको छ ।

मोर्चाका अध्यक्ष पुष्प प्याकुरेलले सडक निर्माणकर्ता कम्पनीले गुणस्तरहित निर्माण सामग्री प्रयोग गरेकै कारण सडक भत्किएकाले तत्काल सडक विभागले यो सडक कालोपत्रे गर्नेतिर ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए । सडक डिभिजन कार्यालय विराटनगरले कान्छीचोक नडाहासम्मको उक्त सडक पुननिर्माणका लागि विभागमा १७ करोड रुपियाँ खर्च लाग्ने योजना सहित प्रस्ताव अघि बढाएको डिभिजन प्रमुख जितेन्द्र चौधरीले जानकारी दिनुभयो । तर चतरा गाईघाट सडक आयोजनाले सडक कार्यालयले विभागसँगै राखेको प्रस्ताव विरुद्ध २० करोडको योजना बनाई चार बर्षसम्म अझै बकलौरीवासीलाई अन्यायमा राख्ने प्रपञ्चको खेल गरिरहेको मोर्चाका केन्द्रिय अध्यक्ष पुष्पराज प्याकुरेलले त्यसको आपत्ती जनाए ।

बकलौरीबासीको एक भेलाले कान्छीचोक नडाहासम्मको सडक तत्काल निर्माण गरी बकलौरीबासीले भोग्दै आएको धुलोबाट भोग्नु परिरहेको समस्यामा सहयोग गर्न गठित समितिले सडक कार्यालयले अघि बढाएको १७ करोड रुपियाँको सडक निर्माण प्रस्तावलाई तत्काल अघि बढाउनु पर्ने कुरामा जोड दिन दवाव दिई रहेको छ ।

तर चतरा गाईघाट सडक आयोजना निर्माणको जिम्मेवारी प्राप्त निर्माण कम्पनीले भने बकलौरीबासीले भोग्दै आएको धुलोको समस्यालाई अझ लम्ब्याउने काम नगर्न भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँगै लविङ्ग गरेर बकलौरीवासीमाथि अन्याय गर्न खोजिएको स्थानीयवासी मदन बस्नेतले बताउनुभयो ।१५० जना भन्दा बढि बकलौरीबासीको भेलाले गठन गरेको कान्छीचोक नडाहा सडकनिर्माण दवाव समुहले स्थानीयवासीमाथि अन्याय हुने गरी सडक विभागले अघि बढाएको प्रस्ताव तत्काल कार्यान्वयन गराउनका लागि आयोजना विरुद्ध शसक्त अभियान चलाउने तयारीमा रहेको रोशन विष्टले जानकारी दिनुहुँदै दैनिक यो सडक हिड्दा धेरै अस्वस्थता बढिहेको गुनासो गरेका छन्  ।

तपाईको प्रतिक्रिया