धुलोले विराटनगर अस्तव्यस्त , नाक थुनेर हिड्नुपर्ने अबस्था

मोरङ,२७ पुस । विराटनगरका सबै सडकहरु भत्काईएपछि स्थानीय बासीलाई सास्ती शुरु भएको छ । बिराटनगरवासीको यो क्रम अहिले निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको बतार्इंरहँदा समेत अझै नागरिकले सास्ती मुक्तभएका छैनन । विराटनगर १० का स्थानीय राजकुमार ढुङगाना भन्नु हुन्छ ,‘हामीलाई हिड्नै गाह्रो भयो धुलोले रोगी बनाउने भयो, । जताततै धुलो, र पानी पर्दा हिलाम्ये हुने गरी बिग्रे–भत्केका सडक । पुर्बको ब्यापारापारिक केन्द्र बिराटनगर यतिबेला सबैभन्दा भद्रगोल यसैले बनाएको छ ।

यी सडकहरुमा यतिबेला सबै भन्दा धेरै काम भई रहेका छन् । बिराटनगरको रोडशेष नजिकैरहेको साल्ट्रेडिङबाट शुरु भएको काम एक बर्ष बिति सक्दा बल्ल गुद्रंी नजिकै आई पुगेको छ । भत्काईएका सडकबाट निस्कीएको धुलोका कारण बिराटनगरका धेरैका घरमा बिरामी बढेको विराटनगर १ पोखरीयाकी देवि गौतमको भनाई छ । उहाँले भन्नुभयो,‘ भनीसाध्य छैन घरमा दिनहु विरामी हुन्छन, । विराटनगर उप– महानगरपालिका मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजनाको काममा ढिलासुस्ती गर्नु ।कामलाई तिब्रता दिन नसक्नु अनी एक किलोमिटरको दुरीको कामलाई महिना दिन लगाउनुले अर्को एउटा जिज्ञासा सिर्जाना गरेको छ,।

तर अहिले त आमनागरिक बढी सास्ती पाउन बाध्य भएका छन् । अहिले बिराटनगरको मुख्य राजमार्ग कोशी राजमार्ग आन्तरगतको रोडशेष चोक देखि मुनालथ सम्म हिड्नै नसक्ने अबस्था छ । त्यसको मुख्य कारण भनेको खनिएका माटोबाट निस्कीएको धुलोबाट सिर्जित समस्या हो । परियोजना मार्फत काम शुरु भएको तिन बर्षपुगिसकेको छ । २०६८ को जनगणना अनुसार बिराटनगरको जनसंख्या २लाख ६१ हजार एक सय २५ रहेको छ । यही जनसंख्यालाई लक्षित गरेर पहिलो चरणमा ३ अर्ब ४० करोडको काम अहिले पनि जारी रहेको छ । त्यसैगरी ३ अर्ब २० करोड रकम अझै यही कामको लागि भित्र्याउने तयारी भई रहेको छ ।

तर यसले बिराटनगरको मुहार नै फेर्ने आशा विराटनगरवासीले बोकेका छन । तर विगत तिन वर्ष देखि जारीकाम नभएको स्थानीय चन्द्रबहादुर सुनुवारको भनाई छ । उहाँ भन्नु हुन्छ, ‘खैत यत्रो तिन वर्षभयो केही काम भएको छैन, । अहिलेसम्मको तथ्यांकलाई आधार मान्दा जम्मा ७० प्रतिशत मात्र काम सकिएको परियोजनाको दाबी छ । तर काम कत्तै नभएको स्थानीयको भनाई छ । एकातिर सवारीको चाप बढ्दै गएको बिराटनगरको अस्तब्यस्तताको बाबजुद निर्माणको कामले तिब्रता पाएको परियोजनाले दावी गरेको छ ।

सडकको निर्माणमा ६ लेन सडक परियोजना तथा मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजनाले काम गरिरहेका छन् । एकातिर अहिले नै ६लेनको काम एकातिर छ । उपमहानगरपालिका भित्रको परियोजनाले गर्ने काम अर्कोतिर छ । यसको पनि अहिले देखि नै तालमेल मिल्न सकेको छैन । ह्युमपाईप हाल्ने र ६ लेन सडकको रिटेनिङ पर्खाल लगाउने काम शुरु गर्ने हो भने पटक पटक आम नागरिकले दुःख पाउने थिएनन् ।

तर पहिलो चरणको कामको ७० प्रतिशत सम्पन्न भएकोले अबको जेठ सम्ममा पहिलो चरणको ३ अर्ब ४० करोड सकिने गरी काम भई रहेको र त्यसपछिको काम अर्को सम्झौता पछि शुरु हुने परियोजनाका ब्यवस्थापक उपेन्द्र बरालको भनाई छ । उहाँका अनुसार परियोजनामा बजेट अभाव भएपछि ३ अर्ब ४० करोडमा ३० करोडथपिएको छ । सो परियोजना समापन हुँन नपाउँदै झण्डै २ अर्ब ७० करोड देखि ३ अर्ब २० करोड सम्मको रकम बिराटनगरको विकास कै लागि आउँने उहाँले जानकारी दिनुभयो ।

यो रकम भनेको बिराटनगरको बाँकी रहेको काम पुरा गर्न तथा बाँकी रहेका सडक पिच हुने गरिको लागि आउने ब्यवस्थापक बरालको भनाई छ । पहिलो चरणमा भएको सम्झौता अन्तरगतको परियोजनामा नेपाल सरकारको १६ प्रतिशत, एसियाली विकास बैङ्कको ६५ प्रतिशत, विराटनगर उपमहानगरपालिकाको ८ प्रतिशत र नगरविकास कोषबाट ११ प्रतिशत ऋण गरीे झण्डै ३ अर्व ४० करोड खर्च गरेर परियोजनाले काम शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...