धरान स्थित दन्तकाली मन्दिरको महिमा, ऐतिहासिक तथ्य र किम्बदन्ती

सुनसरी / सुनसरीको धरान नगरपालिकास्थित विजयपुर डाँडोमा पर्ने दन्तकालीको चर्चा रुद्राक्षारण्य महात्म्यले गरेको छ । तीन तहको छाना युक्त नेपाली तले शैलीमा निर्मित यो मन्दिरको छाना माथि धातुको आकर्षक गजुर पनि राखिएको छ । दन्तकाली मन्दिरमा पुजनिय बस्तु दाँत आकारको पथ्थर हो, जसलाई स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको दाँत मानिन्छ, जहाँ सतीदेवीको दाँत पतन भएको जन विश्वास छ । यसै आधारमा यस मन्दिरलाई दन्तकाली मन्दिर भनिएको हो । दन्तकाली भेगबाट रमणिय धरान बजारको सम्पूर्ण भु–भाग, उत्तरतिरका केहि हरियाली पहाडहरु रतराईका फाँट तथा चारकोशे झाडीको सुन्दर दृष्यावलोकन यहाँबाट गर्न सकिन्छ । तसर्थ यस भेगको पर्यटन विकासका दृष्टिले पनि यसको बिशेष महत्व छ । दन्तकाली भेगमा दशैको नौरथाभर यस मन्दिरमा मानिसहरुको ठूलो भिडभाड लाग्दछ भने प्रत्येक शनिवारका दिन पनि यस मन्दिर परिसरमा दर्शनार्थि र भक्तालुहरुको ठूलो भीडभाड लाग्ने गर्दछ ।

नेपाल एकिकरण पूर्व बिजयपुर राज्य का सेन वंशी राजा हरूको ईष्टदेवीको रूपमा पुजित यो शक्तिपीठको महिमा परापूर्वकाल देखि उत्तिकै महत्वकासाट हेरिएको छ । दन्तकालीको मन्दिर वि.सं. २०३५र३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने त्यसपछि यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ । शक्ति पीठ भएकाले माघ महिनामा विशेष मेला लाग्छ ।

श्रीस्वस्थानीमातामो व्रत आरम्मदेखिनै यो मन्दिरमा घुइचो लाग्दछ । दशैको नौरथाभरि यो मन्दिरमा खुट्टा टेक्ने ठाउँसम्म पनि हुँदैन । यस वाहेक अन्य पूर्णिमा, अष्टमी, एकादशीमा पनि यहाँ मेला भर्न टाढा टाढाबाट भक्तजनहरु आउने गरेको पाइन्छ ।

 

तपाईको प्रतिक्रिया