धरानमा सडककाे खाल्डाखुल्डी पुर्ने काम सुरु

धरान । धरान इटहरी सडक खण्डको बरगाछि देखि धरान भोटेपुल सम्मका सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु गरिएको छ । सडक बिभागले गत असारमै सडकका खाल्डाखुल्डी पुर्न विराटनगरको केके निर्माण सेवालाई ठेक्का दिएको भएपनि ठेकेदारले काम सुरु गर्न सकेका थिएनन् ।

ठेकेदारले काम समयमा नगर्दा सर्वत्र विरोध भएपछि धरान उप–महानगरपालीकाका मेयर तारा सुब्बाले चाँडो सडक निर्माण गर्न सडक बिभागको ध्यानाकर्षण गराएपछि ढिलै भएपनि सडकको खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ । बुधबार अनुगमन गर्ने क्रममा धरान उपमहानगरपालीकाकी उप मेयर मञ्जु भण्डारी सुबेदीले सडकको छेउछेउलाई मजबुद बनाउन र गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएकी छिन् ।

सडक निर्माणको सम्पुर्ण प्रकृया र मापदण्ड पुरा गरेर कार्य गर्न उनले निदेशन दिएकी हुन । सडक निर्माणमा खटिएका सुपरभाइजर गणेश कोइरालाले धरानको बरगाछि देखि भोटेपुल सम्मको सडक अति संबेदनशील भएकाले दशै अगाडि नै खाल्डा पुर्ने गरि काम गरि रहेको बताए ।

मौसमले साथ दिए दशै अगाडि काम सम्पन्न गरिने उनले बताए । सडक अनुगमन गर्न धरान उपमहानगरपालीकाका बरिष्ट सामाजिक बिकास अधिकृत तथा निमित्त कार्यकारी अधिकृत गणेशप्रसाद खतिवडा,प्राबिधिक बालकृष्ण कार्कि सहितको टोलि पुगेको थियो ।

तपाईको प्रतिक्रिया