तेह्रथुममा धामीझाँक्रीलाई सम्मान गरीने

तेह्रथुम / तेह्रथुमको छथर सुक्रबारेमा मौलिक संस्कृती संरक्षणका लागी यस बर्ष पनि धामीझाँक्रीहरुलाईहरुलाई सम्मान गरीने भएको छ । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णिमाको अबसरमा तेह्रथुमको छथर क्षेत्रमा रहेका धामीझाँक्रीहरुलाई सम्मान गर्ने भएको रत्नदेबी युबा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताए । तेह्रथुमको पश्चिमी क्षेत्रको केन्द्रको रुपमा रहेको छथर सुक्रबारे बजारमा हरेक बर्ष ऐतिहाँसिक रुपमा लाग्दै आएको पुर्णीमाको अबसरमा यस क्षेत्रका धामीझाँक्रीहरुलाई सम्मान गर्दै आए सँगै यस बर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै सम्मान गरीने भएको अध्यक्ष आंखेवाले बताए ।

यस क्षेत्रका धामीझाँक्रीहरु बिशेष गरी भदौ पुर्णीमाको अबसरमा आध्यात्मिक ज्ञान आर्जन गर्ने उदेश्यका साथ तेह्रथुमको छथर क्षेत्रको धरोहरको रुपमा रहेको मार्गपोखरीमा पुर्णीमाको पहिलो दिन गुफा बस्ने गरेको छथर गाँउपालिका २ हमरजुङका धामी कान्छा बहादुर लिम्बुले बताए । उनका अनुसार ज्ञान आर्जनका लागी पुर्णीमा आउने दश दिन अघीदखी धामी झाक्रीहरु  आ–आफ्नो घरमा चिन्ता बस्नको साथै पुर्णीमाको पहिलो दिन सामुहिक रुपमा गुफा बस्दै आउने गरेका छन ।

गुफा बसी सकेपछि फर्कीएर धामीझाँक्रीहरुको समुहले छथर सुक्रबारेमा रहेको (सेप्माङलुङ­) रत्नदेबीमा आए पुजाआजा गरी आ आफ्नो घरमा फर्कि भोली पल्टको दिन गूरुपुजाको रुपमा सामुहिक रुपमा हरेक धामीझाँक्रीहरुको घर घरमा पुजा गर्दै आएको धामी ज्ञान बहादुर लिम्बुले बताए।  पुर्णिमाको अबसरमा तेह्रथुमको छथर क्षेत्र सँगै धनकुटा जिल्लाको धामीझाँक्रीहरुको सहभागीता रहदै आएका छन । बर्षको एक पटक मात्र धामीझाँक्रीहरुले आफ्नो मौलिक नाच पुर्णीको अबसरमा प्रर्दशन गर्दै आउने गरेका छन । यसरी मौलिक संस्कृती संरक्षणका लागी रत्नदेबी युबा सेवा समाजले केही बर्ष यता सम्मान कार्यक्रमहरु सञ्चालन गर्दै अाइरहेकाे छ ।

तपाईको प्रतिक्रिया