तेह्रथुममा अबिरल बर्षाका कारण पहिरोको उच्च जोखिम

तेह्रथुम २६, साउन / केही यता आएको अबिरल बर्षाका कारण तेह्रथुमको बिभीन्न क्षेत्रका बस्तीहरु पहिरोको जाखिममा परेका छन ।  तेह्रथुमको मेन्छ्यायेम गाउपालिका ६ स्थित बतासे वस्तीका साथै जिल्लाको छथर गाँउपालिका फेदाप गाँउपालिका लगायतका क्षेत्रमा रहेका बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन । केही दिन यताका आएको अबिरल  बर्षाले जिरिखिम्ती मोराहाङ सम्दु सडक खण्डको बतासे घुम्तीमा पहिरो गएपछि मेन्छ्यायेम गाउपालिका ६ स्थित बतासे वस्ती उच्च पहिरोको जोखिममा परेको स्थानीयहरुले बताए ।

बर्षाका कार्ण सडक चिरा चिरा भएर फुटेको र केहि तल सम्म जमिन नै सरेको स्थानिय नरेन्द्र खापुङले जानकारी दिनुभयो । पहिरोको झरेपछि करिब १२ घर जोखिममा परेको र २ घर तुरुन्त स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको अर्का स्थानिय श्री प्रसाद लिम्बुले बताउनुभयो । सडकको अबस्था नाजुक भएपछि स्थानियहरुले गाउपालिकालाई समेत जानकारी गराएकाछन् । जानकारी पश्ताच गाउपालिका बाट निरिक्षण भएपनि तुरुन्त त्यस्को नियन्त्रणका लागी बजेट नभएको गाउपालिका अध्यक्ष यादव बहबादुर खापुङले बताउनुभयो ।

बर्षाको कारण वस्ती नै जोखिममा परेपछि स्थानियले रोकथाम र नियन्त्रणका लागी जिल्ला प्रसासन कार्यलय , भुसंरक्षण कार्यलय र रेडक्र सोसाईटीले समेत जानकारी दिएका छन् । जानकारी प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी बेधनिधी  खनालले सो वस्तीका घरधुरीहरुलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । तुरुन्त रोकथामको लागी कुनै प्रयास नभएपछि अति जोखिममा परेका घरधुरस्लाई सुरक्षित स्थानमा सार्नका लागी स्थानिय तह समक्ष निर्देशन गर्ने समेत प्रजिअ खनालले बताउनुभयो ।

संसद बिकास कोष बाट सो सडक निर्माण तथा स्तरउन्नती गर्न जिम्मा पाएको ठेकेदारलाई बर्षादमा हुन सक्ने जोखिमलाई पहिचान गर्दै सो स्थानमा तारजाली र पर्खाल लगाउनका लागी पटक पटक अनुरोध गरेपनि सुनुवाई नभएको स्थानियबासीले गुनासो गरेका छन् । सांषद भवानी खापुङको संषद बिकास कोष बाट सडक निर्माणका लागी ५ करोड बजेट प्राप्त भएपनि अति संबेदनसिल स्थानमा भने ठेकेदारहरुले बेवास्ता गरेपछि यस्तो प्रकोप भोग्नुपरेको बतासे वस्तीका नागरिकहरुले गुनासो छ ।

तपाईको प्रतिक्रिया

Loading...