तेह्रथुमको (’च्याङलुङ’) चाङलुङ गुफलाई पर्याटकिय रुपमा बिकास गर्न बृक्षरोपण

तेह्रथुम– पर्यटकीय सम्भावना बोकेको करिब ५ किलोमिटर लामो ऐतिहासिक चाङलुङ (’च्याङलुङ’) गुफालाई पर्याटकिय रुपमा बिकास गर्ने उदेश्यका साथ बृक्षरोपण गरीएको छ । गुफा क्षेत्रमा बिभीन्न प्रजातीका बिरुवमा स्थानीयहरुद्धारा रोपण गरएको तक्मीनाक्ला संरक्षण समितीका अध्यक्ष महेन्द्र मादेनले बताउनु भयो । जिल्ला बन कार्यलय तेह्रथुमको सहयोगमा गुफा क्षेत्रमा तेजपात, कल्की, धुपी लगायतका ४ सय बिरुवा रोपण कार्य स्थानीय युबाहरुको सकृयतामा सम्पन्न भएको हो ।
तेह्रथुम जिल्लाको छथर सुदापमा रहेको गुफाको संरक्षण तथा प्रचार प्रसारको साथै जिल्लाकै पर्याटकिय गन्तब्य बनाउनको लागी यहाँका स्थानीयबासीहरुले चासो लिनको साथै संरक्षणका लागी जुट्न थालेको तक्मीनाक्ला संरक्षण तथा पर्याटकिय रुपमा बिकास गर्न यहाँका युबाहरु जुटेका हुन । सुदाप गाविस–९ देखि सुदाप गाबिसकै ३ नम्बर डाँडेगौडा कुकुरछिर्ने भन्ने ठाँउसम्म करिब ५ किलो मिटर लामो रहेको गुफालाई संरक्षण तथा प्रचार प्रसार गर्न सके जिल्लाकै पर्याटकिय गन्तब्य बनाउको लागी गुफाको सिमाङन रअध्यायनको तयारी भई रहेका अध्यक्ष मादेनले बताउनु भयो ।

जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब ४ घण्टा पैदल हिडेर पुग्न सकिने यो स्थानको आफ्नै बिशेषता रहेको स्थानीयको भनाइ छ । ढुङ्गैढुङगाको चाङ रहेको लिम्बु भाषामा चाङलुङको रुपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नाम ’च्याङलुङ’ रहन गएको स्थानीय समितीका सचिब कमा सिंह आंखेवाले बताउनु भयो ।
यो गुफाबाट परापूर्वकालमा एक जना बिज्वानी र कुकुरसँगै छिर्दा बिज्वानी बिचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौडा भन्ने स्थानमा निस्किएकोले गुफाको माथिल्लो भागलाई कुकुर छिर्ने भनिएको किंम्बदन्ती रहेको यहाँका पुर्खाहरुको भनाई रहेको स्थानीय काजिमान आंखेवाले बताउनु भयो ।


धनकुटा जिल्लाको सिमानासँगै रहेको छथर शुक्रबारे बजारदेखि करिब १ घण्टा पैदल र सवारी साधनमा २५ मिनेटको दूरीमा रहेको गुफाको संरक्षणका तथा प्रचार प्रसारका लागी यहाँका स्थानीयहरुको चासो बढ्दै गएको छ । तेह्रथुम– पर्यटकीय सम्भावना बोकेको करिब ५ किलोमिटर लामो ऐतिहासिक च्याङलुङ गुफा प्रचारप्रसार तथा संरक्षणको अभावले ओझलमा परेको छ। तेह्रथुम जिल्लाको छथर सुदापमा रहेको गुफाको संरक्षण तथा प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीय समाजसेवी टेजराज आंखेवाले बताए। सुदाप गाविस–९ देखि सुदाप गाबिसकै ३ नम्बर डाँडेगौडा कुकुरछिर्ने भन्ने ठाँउसम्म रहेको गुफा करिब ५ किलो मिटर लामो रहेको उनले बताए।जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब ५ घण्टा पैदल हिडेर पुग्न सकिने यो स्थानको आफ्नै बिशेषता रहेको स्थानीयको भनाइ छ। ढुङ्गैढुङगाको चाङ रहेको लिम्बु भाषामा चाङलुङको रुपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नाम ’च्याङलुङ’ रहन गएको स्थानीय अग्रजहरुको भना छ।

तपाईको प्रतिक्रिया