तेह्रथुमा पनि भब्य रुपमा चासोक तथा उधौली पर्ब मनाईदै

तेह्रथुम २५, मंसिर / किराँत लिम्बुहरुको महान चाड चासोक तङनाम उधौली पर्व सदा झै यसबर्ष पनि तेह्रथुमको श्रीजुङ गाबिसमा भव्यताका साथ मनाईने भएकोछ । कार्यक्रमको आयोजक थोक्पेफुङ केलाङ सयङले आज सदरमुकाम म्याङलुङमा पत्रकार भेटघाटको आयोजना गर्दै बिभिन्न मौलिक संस्कृती तथा परम्परागत खेलहरुको साथमा चासोक तङनाम मनाउने जानकारी दिएको हो ।

सस्कार सस्कृती संरक्षण र संबर्धन , थोक्पेफुङ केलाङ सयङको अभियान भन्ने मुल नाराका साथ मनाउदै आएको यस सयङले लिम्बुहरुको जातिय मुख्य चाडको रुपमा रहेको यो पर्वश्र ीजुङको आजिराममा बिभिध कार्यक्रमको आयोजना गरि मनाउन तयारी थालिएको आयोजक समारोहका संयोजक देउकुमार लिम्बुले जानकारी दिनुभयो । आगामी मंसिर २८ गते पर्ने यो पर्व राष्ट्रिय तथा स्थानिय गायक कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीको साथमा मंसिर ३ दिनसम्म मेलाको समेत आयोजना गरि मनाईने भएकोछ ।

लिम्बु पहिचान बोकेको माङलाङ,केलाङ,येबालाङ,यालाङ लगायतका नृत्यहरुको साथमा २६ गते देखि सुरु हुने पर्वमा पहिलो दिन कार्यक्रम उत्घाटन गर्दै वडा स्तरिय भलिबल प्रतियोगिता र डोरि तान्ने प्रतियोगिता हुने भएको छ । त्यसैगरि दोस्रो दिन २७ गते हाक्पारे पालाम,गुलेली हान्ने,तिर हान्ने,छेलो हान्ने ,थलि हान्ने ,डारी तान्ने , खुल्ला गायन प्रतियोगिता , केलाङ तथा लिम्बु कविता बाचन प्रतियोगिता लगायत बिभिन्न परम्परागत खेलहरुको समेत प्रतिस्प्रदा गराईने आयोजक सयङका सचिव दिपक लिम्बुले बताउनुभयो ।

लिम्बु पहिचान बोकेको गतिबिधी तथा प्रतिस्प्रर्धाको साथ भव्य रुपमा मनाईने चासोक तङनाम उधौली पर्वमा प्रत्येक दिनको साँझमा पाहुना सत्कारको रुपमा परापुर्वकाल देखी लिम्बु जातीले जिवनयापनका लागी खादै आएको पेना माङदक,सगि सुम्बक(सिस्नोको दाल),याङबेन (झ्याउ),किनिमा,तोङवा ,खरेङ लगायतका परिकारहरुको व्यावस्था गरिएको आयोजक सयङका सदस्य दिपेन चोङबाङले बताउनुभयो । किरात थाक्थुङ चुक्लुङ गाउ ईकाई समिती र आदिबासी जनजाती महासंघ गाउ समन्वय परिषद श्रीजुङ सह आयोजक रहेको यस चासोक तङनाममा २८ गतेका दिन राष्ट्रिय कलाकार भिम लिम्बु , अमृता सम्बाहाम्फे र जेपी नेम्बाङको बेजोड सांगितिक प्रस्तुती रहने आयोजक सयङका सल्लाहकार संयोजक रुप बहादुर लुम्फुङवाले जानकारी दिनुभयो । गायक कलाकारहरुले बिषेश गरेर लिम्बु भाषाको हाक्पारे पालाम,ख्याली,मुन्धुमी साम्लो तथा अन्य गितहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

साथै सोहि दिन समुदाय बाट हुक्वा संकलन गरि सामुहिक साक्मुरा वादेम्मा तथा पुजापाठ समेत गरिने आयोजकले जनाएको छ । लिम्बु जातीको मौलिक संस्कार संस्कृती संरक्षण तथा संम्बर्धन गर्ने उदेस्यले श्रीजुङका अगुवा युवाहरुको सकृयतामा थोक्पेफुङ केलाङ सयङ गठन गरि बिभिन्न कृयाकलापहरु सञ्चालन हुदै आएको छ । जमिनमा खेति गरि पाकेको नयाँ अन्नवाली मानिसले नखाई पहिले प्रकृतीलाई नै चढाउने चार्डको रुपमा परिचित यो तङनाम बिषेश गरेर तेह्रथुम लगायत ,पाचथर,ईलाम,धरान,मोरङ काठमाडौ र ललितपुर लगायतको क्षेत्रमा प्रत्येक बर्ष भव्यताका साथ मनाउने गरिएकोछ । हरेक बर्षको मंसिर पुर्णिमाको दिन पर्ने यो पर्वलाई राष्ट्रियकरण गर्दै सरकारले यो दिन सार्वजनिक बिदा समेत दिएकोछ ।

तपाईको प्रतिक्रिया

Loading...