तरहराकाे राष्ट्रिय जनसहयोग क्याम्पस नेपाल प्रथम

 तरहरा / केही दिन अगाडी आएको स्नातक तहको नतिजामा राष्ट्रिय जनसहयोग क्याम्पस तरहरा पब्लिक क्याम्पसहरुकै प्रथम क्याम्पसको रुपमा उत्कृष्ठ भएको छ ।

 २०६६ भाद्र २८ गते देखि ब्यबस्थापन संकायमा ५७ जना बिद्यार्थीहरुबाट स्थापना भएको सो क्याम्पसमा बुधबार पाँचौ कलेज सभामा बोल्दै क्याम्पस प्रमुख द्रोण न्यौपानेले यहाँका बिद्यार्थीहरु स्नातक तह उतिर्ण गर्नका निम्ति अन्य ठाउँमै जानुपर्ने भएकोले यसलाई मधयनजर गर्दै २०६६ श्रावण ४ गत्ते त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त गरी अध्ययन शुरु गरेको बताए ।

कयाम्पस प्रमुख न्यौपानेका अनुसार २०७० सालबाट शिक्षा संकायमा समेत अध्ययन भईरहेको र केहीदिनअगाडी आएको चौथो बर्षको फाइनल परिक्षामा पब्लिक क्याम्पसहरुमध्येकै प्रथम भएको हो । ४८ जना बिद्यार्थीहरुमध्ये ४ जनाले बिशिष्ठ श्रेणी तथा २२ जनाले प्रथम श्रेणी सहित ३८ जना बिद्यार्थी अर्थात् ७९.१७% बिद्यार्थी उतिर्ण भई नेपाल प्रथम भएको न्यौपानेले जानकारी दिए ।

सो कलेज सभा कार्यक्रममा बिशिष्ठ श्रेणी ल्याउँने चुडामणि आचार्य,इन्दिु राई,रुपक दाहाल र संगिता भट्टराईलाई नगद,प्रमाणपत्र र पुस्तकसहित सम्मान गरिएको थियो भने अन्य उत्कृष्ठ हुँनेलाई समेत सम्मान गरिएको थियो । त्यस्तै अन्य १७ जना बिद्यार्थीलाई पनि नगदससहित छात्रबृत्ति प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया