ढीपिडितलाई कतारबाट बाँस्तोलाको सहयोग

बेलबारी । मोरङको केराबारी घर भई लामो समयदेखि कतारमा बिभिन्न संघसंस्थाको नेतृत्व गर्दै आएका सरोज बाँस्तोलाले बाढीपिडितहरुका लागी १५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन । मोरङ सुनसरि सेवा समाजका पूर्व अध्य्क्ष,नेपाल पत्रकार महासंघ कतार शाखा का पूर्व सचिब एनआरनएकर्ता,नमुना बचत, देबिझोडा सहयोग समुह लगायत बिभिन्न संघसस्थामा आबद्ध उनले बढीपीडितहरुको सहयोगार्थ सो रकम सहयोग सहयोग गरेका छन ।

यसअघि पनि बिद्यालय, मन्दिर,क्लब साथै बिपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आएका बास्तोलाको गाँउ यतिबेला बाढीका उच्च जोखिममा परेको छ । आफनै गाँउ बिपत्तिमा परेपछि अझ सकृय भएर सहयोग संकलनमा जुटेको उनले बताएका छन । २००६ मा कतारमा स्थापना गरेको देबिझोडा सेवा समाज,साथै देबिझोडा कुसुमे सरोकार समाज मार्फत सहयोग संकलन सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...