टिपर ब्यवसायी संघको दोस्रो साधारणसभा सम्पन्न

इटहरी । पूर्वाञ्चल टिपर ब्यवसायी संघको दोस्रो बार्षिका साधारणसभा कार्यक्रममा संघमा आबद्ध पदाधिकारीहरुमध्ये स्थानीय तहमा निर्वाचित अध्यक्षहरुलाई सम्मान गरेको छ । सुन्दरहरैचाको गोकर्ण रिसोर्टमा आयोजित कार्यक्रमा संघका पदाधिकारीहरुमध्ये मोरङ्ग जिल्लाको केरबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी तथा उर्लावारी नगरपालिका ६ का वडा अध्यक्ष सचित शाक्य सुन्दरहरैचा ७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौला लगायतलाई कदर पत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा संघका महासचिव शिवकुमार पोख्रेलले पूर्वी नेपालमा सक्रिय टिपर ब्यवसायी संघले विभिन्न समस्या झेल्दै आएको भए पनि स्थानीय तहमा निर्वाचित पदाधिकारी निर्माणमा पनि ठूलो सघाउ पु¥याउने सफलता समेत सङ्घले प्राप्त गरेको बताए । साथै सोही साधारणसभामा कोषाध्यक्ष सन्दिपकुमार सिहले ७३ लाख ५६ हजार बढिको कारोवार गरेको र आगामी बर्षमा सङ्घले ९४ लाख ८६ लाख बढिको कारोवार गर्ने रहेको पनि आँकडा साधारणसभालाई अवगत गराएका थिए ।

संघका अध्यक्ष टेकबहादुर कार्कीको अध्यक्षतामा भएको साधारणसभा समारोहमा सम्मानित ब्यक्तित्वहरु रोहितबहादुर कार्की अयुव अन्सारी राजकुमार शर्मा तथा अशोक लिलेन कम्पनीका प्रतिनिधि अनिल अधिकारी लगायतले बोलेका थिए । पूर्वाञ्चलमा एक हजार बढी टिपर ब्यवसायीहरु सिक्रिय रहेको अवस्थामा संघमा भने ३ सय ५० को मात्र बैधानिक सहभागिता रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

Loading...