जन्मदिनमा अपाङ्ग पुर्नस्थापना केन्द्रलाई खाना र डसना

धरान / ब्रिटिस गोरखा आर्मी , युकेमा कार्यरत भवानी प्रसाद लिम्बु र उनकी श्रीमती रेनुका लिम्बुले आफ्ना १३ बर्षीय  जेठा छोरा रिजुल लिम्बुको जन्मदिनको अवसर पारेर धरान-४ छाता चोक स्थित अपाङ्ग पुर्नस्थापना केन्द्रमा आश्रित २७ जना अपांग बालबालिका तथा बृद्धहरुलाई एक छाक खाना खुवाएर मनाएका छन् ।

हाल युकेमै रहेपनि रिजुलले आफ्नो जन्मदिन को अवसरमा अनाथ – अपांगहरुलाई सहयोग गर्ने मनशाय व्यक्त गरेपछि धरानमा रहेका आफ्ना बाजे प्रेमकुमार मादेन र आन्टी इक्सा मादेन मार्फत पौष २३ गते सनिबार आफ्नो १३ औ  जन्मदिन मनाएका छन् । खानासंगै पुर्नस्थापना केन्द्रमा अपुग पांच थान डसना समेत रिजुलले आफ्नो परिवार  मार्फत गराएका छन् ।

 

यसरी पार्टी गरेर फिजुल खर्च गर्नु भन्दा सबैले आफ्नो गच्छे अनुसार सहयोग गरे अनाथ – अपांगहरुले छाक टार्न सजिलो हुने पुर्नस्थापना केन्द्रका संचालक भिम राईले बताउनुभयो । आजकल देश- विदेशमा रहनुहुने महानुभावको माया – सदभावले केन्द्र संचालनमा सहयोग पुगिरहेको संचालक राई बताउनु हुन्छ ।

अनावश्यक खर्च भन्दा यसरि सहयोगको हात फिजाईरहेका अनाथ- अपांगहरुलाई सहयोगको पुण्य कार्यक्रममा सहभागी हुन् पाउँदा आफु एकदमै खुसि भएको  मिस पुर्वान्चल २०१६ सेकेन्ड रनर अप समेत रहेकी  इक्सा मादेनले  बताईन ।आफ्नो ट्रेनिङको समयमा सामजिक कामहरुमा आफुलाई सक्रिय बनाउने सिकेको बताउंदै भबिस्यमा आफुले पनि आफुले भ्याएसम्म यस्ता सामाजिक काममा हात बटाउने मादेनले बताइन् ।

तपाईको प्रतिक्रिया

Loading...