चुनाव चिन्हबाट छोराको नाम, कान्छी जनप्रतिनिधि के गर्दैछिन काम ?

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा वडा नम्बर ७ वाट चुनाव जितेकी कान्छी जनप्रतिनिधि सुनिता चौधरीको चर्चा यतिबेला चुलिएको छ । कान्छी जनप्रतिनिधिको रुपमा उनको चर्चा जति छ त्यो भन्दा बढी उनले भर्खरै जन्म दिएको छोराको नाम पनि आफुले चुनाव जितेकै चुनाव चिन्हबाट नाम जुराएपछि उनको चर्चा थप चुलिएको छ ।

सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । छोराछोरीको नाम पनि चुनाव चिन्ह बाट हुन्छ र भन्ने प्रश्न पनि आऊन सक्छ, तर चौधरीले त्यसै गरिन उनले केही दिनअघि जन्म दिएको छोराको नाम पनि उनले सुर्यकिरण चौधरी नै जुराईन । उनले नेकपा एमालेवाट वडा सदस्यमा चुनाव जितेकी थिईन । त्यसैकारण उनले छोराको नामपनि चुनाव चिन्ह बाटै नाम राखेको उनले बताईन ।

नगरकार्यपालिकामा समेत उम्मेदवार बनेकी चौधरी अस्पतालमा भएका कारण उपस्थित हुन सकिनन् । उम्मेदवारी भएपनि उनि भने बिराटनगरको नोवेल अस्पतालमा थिईन । उनले चुनाव जित्नुअघि छोराको नाम के राख्ने भन्ने बिषयमा सोचेकी समेत थिईनन । तर चुनाव जितेपछि उनको जुत्ति फुर्यो कि यो चिन्ह आफुलाई फाप्ने रैछ,त्यसैले छोराको नाम पनि चुनाब चिन्हबाटै राखिदिए उनले भनिन ।

सुनिता बेलबारीमा चुनाव जित्ने मध्येवाट कान्छी जनप्रतिनिधि समेत हुन । बि.स २०५० साल पुष १८ गते बाहुनी गाबिस ४ हाल बेलबारी ७ मा मातापिता हरि र उदरीदेवी चौधरीको ३ छोरी र १ छोरामध्ये जेठो सन्तानका रुपमा जन्मिएकी चौधरीले कक्षा ११ सम्म अध्यायन गरेकी छिन । २०६९ सालमा शिक्षण पेशामा आबद्ध प्रेमलाल चौधरी सँग बिवाह गरेकी उनी भर्खरै सन्तानकी आमा समेत बनेकी छिन । परिवार नै नेकपा एमालेको बिचार सँग आबद्ध भएका कारण पारिवारीक माहोल वाटै राजनीतिमा आएकी उनले एक बर्षअघिबाट मात्र पार्टीको सदस्यता चाँहि लिएकी थिईन ।

पार्टीले बिश्वास गरेर उम्मेदवार बनाएपछि उनले दोस्रो चरणको स्थानीय निर्बाचनमा बिजय समेत हासिल गरिन । बेलबारी नगरपालिकाको दुर्गम क्षेत्र मानिने सो वार्डमा अझैपनि बिकास निर्माणले तिब्रता पाएको छैन । सो क्षेत्रमा सबैभन्दा शुरुमा बाटोघाटो निर्माण गर्ने,बिजुली बत्ति घरघरमा पुर्याउने र पिछडिएका महिलाहरुको चेतनास्तर र जिवनस्तर उकास्ने कार्यमा आफु लागिपर्ने समेत उनले बताएकी छिन । जनप्रतिनिधिका रुपमा निर्बाचित भएपछि आफनो पहिलो प्राथमिकता भनेको नै बिकास निर्माण देखि यस क्षेत्रमा बिकासमा आफु प्रतिबद्ध भएर लागिर्ने समेत उनले बताईन ।

तपाईको प्रतिक्रिया