ग्रामिण क्षेत्रमा एकिकृत घुम्ती शिबिर सञ्चालन

तेह्रथुम २५, मंसिर / तेह्रथुम जिल्लाको पश्चिमी गाबिसहरुलाई सेवा दिने उदेश्यका साथ एकिकृत घुम्ती सेवा सञ्चालन सँगै यहाँका स्थानीहरुले राहात पाएका छन । जिल्लाको छथर सुक्रबारेमा आजबाट सुरु भएको २ दिने घुम्ती शिबीरमा छथर क्षेत्रका ६ वटा गाबिसमा स्थानीयबासीहरुले पहिलो दिन जिल्ला प्रसाशन अन्तरगत ६९ जनाले नगारीकता प्राप्त गरेका छन । त्यस्तै जिल्ला कृषि कार्यलयबाट १ सय ६५ जना जिल्ला निर्बाचन कार्यलय अन्तरगत ७ जनाले मतदाता नामावली दर्ता जिल्ला पशु सेवा कार्यलयबाट ६७ घरघुरीले सेवा लिएका छन ।

त्यस्तै जिल्ला बन कार्यलय अन्तरगत ५२ जना जिल्ला आयुर्बेदिक कार्यलयबाट ७० जना, घरेलु तथा साना उद्योग कार्यलयबाट ३६ जनाले परार्मश महिला तथा बालबालिका कार्यलय तेह्रथुमबाट जना अपाङ ६० जना जेष्ठ नागरीहरुले परिचय पत्र प्राप्त गरेका छन । घुम्ती शिबीर साहायक प्रमुख जिल्ला अधीकारी जय प्रकाश बस्नेतको नेतृत्वमा सुरु भएको हो । शिबीर भोली बिहान ७ बजे देखी नै सञ्चालन हुने भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...