गुरुयोजना निर्माण गरी बेतना सिमसारको बिकास गरिने

बेलबारी । मोरङको बेलबारीमा रहेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समितिले गुरु योजना निर्माण शुरु गरेको छ । सिमसार क्षेत्र रहेको बनले गुरु योजना बनाउन थालेको हो । पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले सामुदायिक बन उपभोक्ता समितिको पहलमा गुरुयोजना बनाउन थालिएको हो । हरित नेपाल काठमाण्डौको प्राबिधिक सहयोगमा गुरु योजना बनाउन थालिएको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समतिका अध्यक्ष डम्बर बस्नेतले बताए ।

सिमसार क्षेत्रका रुपमा परिचित उत्त क्षेत्रमा ५ बर्षे कार्ययोजना निर्माण गरिएको छ । सिमसारको आयोजनामा आईतबार सिमसार क्षेत्रमा भएको सुझाव संकलन कार्यक्रममा उत्त क्षेत्रमा माटो तथा भुगोल सुहाउँदो बनस्पती रोप्ने , कछुवको प्रजनन केन्द्र तथा संरक्षण गर्ने,होटल तथा फन पार्कको अबधारण ल्याउनुपर्ने,मानबीय गतिबिध गर्ने क्षेत्र अलग्गै बनाउनु पर्ने,हाल सम्म उत्त क्षेत्रमा रहेका मानवनिर्मित कंक्रिट चिहानको संरक्षण गर्नुपर्ने लगायतका सुझाव सहभागहिरुले दिएका छन । उत्त क्षेत्रलाई अध्यायन केन्द्रको रुपमा समेत बिकास गरिने भएको छ ।

पानीको मुहानको ब्यबस्थापन तथा पानीको फाईदाका बारेमा समेत अध्यायन गरिने जनाईएको छ । सो क्षेत्र बेलबारीको गहना मात्र नभएर आम्दानीको मुख्य स्रोत समेत बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया