गार्मेन्ट मजदुर संघको छैठौ अधिवेशन सम्पन्न

इटहरी । मे दिवस तथा १२८ औ अन्तराष्ट्रिय श्रमिक दिवशको अवसरमा सुनसरी र मोरङ्ग जिल्लाका नेपाल गार्मेन्ट उद्योग मजदुरे छैठौ सिङ्घका जल्ला अधिवेशन
सम्पन्न गरिएका छ । सिङ्घको छैठौ जिल्ला अधिवेशनमा नेपाल ट्रेड युनियन काङ्ग्रेसका नेताहरु ज्योति कोईराला उत्तम तिवारी माधव चौधरी र सुशिल कोईराला लगायतका नेताहरुको उपस्थितिमा भएको अधिवेशनबाट सुनसरी गार्मेन्ट मजदुर सङ्घका ध्यानिलाल चौधरीको अध्यक्षतामा नँया कार्य समिती चयन भएको छ ।

अधिवेशनबाट सङ्घको जिल्ला कमिटि पदाधिकारीहरुमा उपाध्यक्षमा बोनस चौधरी सचिव भक्तबीर विक कोषाध्यक्षमा विकास कालिकोटे तथा सदस्यहरुमा प्रविन परियार उर्मिला गजमेर र जुनु विक छानिनु भएको छ । अधिवेशन माधव चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी मोरङ्ग गार्मेन्ट सङ्घको अध्यक्षमा बिन्दु मण्डल उपाध्यक्षमा प्रमिला खड्का सचिवमा रुपा कार्की कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सदस्यहरुमा राधा तिवारी एवम सपना मेहता छनौट भएको छन् । अधिवेशन सुशिल कोईरालाको अध्यक्षतामा सम्पन्न भएका थियो ।


अधिवेशनले गार्मेण्ट मजदुहरुले भोग्नु परेका समस्या तथा उद्योग सञ्चालकहरुबाट प्राप्त हुनु पर्ने पारिश्रमिकका विषयमा भएका शोषण कसरी न्यूनिकरण गर्ने
भन्ने विषयमा पनि अधिेवेशनमा छलफल भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

Loading...