गणतन्त्र दिवसमा युवा सघंकाे रक्तदान कार्यक्रम

धरान / गणतन्त्र दिवसको अवसर पारेर युवा सघं नेपाल धरान १६ र नेकपा एमाले  ले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धरान–१६ स्थित गणेशमान  चौकमा आयोजीत कार्यक्रममा ७३ प्रीण्ट रगत संकलन भएको थियो ।

नेपाल रेडक्रश सोसाइटी सुनसरीको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा सुनसरी क्षेत्र नम्मर १ संसद कृष्णकुमार राई प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमको संयोजन युवा सघं नेपाल धरान १६ का संयोजक सुदन केसीले गर्नुभएको थियो भने युवा सघंका १६ नम्मर वडा इन्चार्ज पर्शुराम मगरले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

सोही अवसरमा नेपाली काङग्रेशको युवा संगठन नेपाल तरुण दलका पुर्व क्षेत्रिय सभापती तिलक राई‘काजी’ को नेतृत्वमा १ सय १जना यवाहरु एमालेमा प्रबेश गरेको एमाले धरान १६ का नेता तथा वडाध्यक्षका उमेद्वार दिलकुमार गिरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...