गछिया पुल भत्किने खतरा, दर्जनौ पशु चौपाया बाढीले बगायो 

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा रहेको बिराटचोक प्रहरी चौकी,दक्षिण , उत्तर को बस्ति , गछिया खोला र बुढी खोलामा बाढी आँउदा ठुलो क्षति भएको छ । बलिया खापमा रहेको बृद्धआश्रम का तिन जना बृद्धहरू बेपत्ता भएका छन । उनीहरुको खोजी कार्य जारी रहेको छ । गछिया खोलाको पश्चिम पट्टीको पुलको उत्तर दक्षिण भागमा कटान लागेर पुल भत्किने खतरा बढेको छ । सुन्दरहरैचा वडा न ३ शेषनारायणधाम टोलमा बाढी पस्दा सिंगो गाऊ डुबानमा परेको छ । हजारौको बिचल्ली भएको र धेरै चौपाया ,पशु हरु खोला ले बगाएको सुन्दरहरैचाका मेयर शिव प्रसाद ढकालले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

Loading...