कोशीटप्पुका अर्ना चितवनमा सार्ने खवरले स्थानीयवासी आक्रोसित

इटहरी, १९ पुष । सम्भवत पृथ्वीको दुर्लभ बबुल प्रजातीको जङ्गली भैसी अर्थात अर्नाका लागि स्वर्गभूमिको उपनामले परिचित कोशीटप्पु बन्यजन्तु आरक्षबाट केही अर्नालाई चितवन राष्ट्रिय निकुञ्जमा सार्ने भन्ने खवरले स्थानीयवासी आक्रोसित बनिरहेका छन । स्थानीय सरोकारवालाहरुले अर्ना सार्ने हो भने कोशीटप्पु बन्यजन्तु आरक्षको विश्वासनीय विकास योजना दिनु पर्ने अडान अघि सारिएको छ ।

सरकारी पक्षले कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा मात्र संरक्षित बबुल प्रजातीको अर्नालाई प्राकृतिक बिपत्ती पर्दा बङ्श नै जोखिममा पर्न सक्ने भन्दै कोशीटप्पु बन्यजन्तु आरक्षसँगै बातावरण मिल्ने चितवन राष्ट्रिय निकुञ्जमा सार्ने प्रयास गरिएको हो भन्दै आएको छ । तर त्यहाँको हावापानी भूगोल र बातावरणले अर्नाका लागि उपयुक्त हुने वा होईन भन्ने विषयमा गहन अध्ययन भने नभएको भनिदै आएको पाईएको छ ।

एक बर्षअघिदेखि नै आरक्षा प्रशासन र विभागले चितवन राष्ट्रिय निकुञ्जसँगैका सहकार्यमा कोशीटप्पु बन्यजन्तु आरक्षबाट ३० थान भाले र पोथी अर्ना लैजाने तयारी कासाथ यतिखेर कोशीटप्पु बन्यजन्तु आरक्षमा अघोषित कफ्यु लगाएको छ । अर्थात यही बेला आरक्षमा पर्यटक आउने सिजन भए पनि आरक्षमा कसैलाई प्रवेश दिईएको छ । आरक्षमा पछिल्लो पटक वि.सं. २०७२ सालको चैतमा गरिएको अर्ना गणनाको तथ्याङ्क अनुसार आरक्षमा हाल ४ सय ३० अर्नाको सङ्ख्या रहेका छन ।

त्यसबेला सार्वजनिक गरिएको अर्नाको तथ्याङ्कमा उल्लेख भए अनुसार बयस्क भाले १ सय २० वटा बयस्क पोथी १ सय ८२ साना बच्चा १४ वटा १ बर्ष उमेर समुहका ८१ वटा र २ बर्ष उमेर समुहका ३५ वटा अर्ना रहेको दावी सहितको तथ्याङ्क सार्वजनिक गरिएको थियो । आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले अर्ना सार्ने विषयमा स्थानीइवासीको कडा आपत्ती छ नि भन्दा उहाँले धेरै पटक स्थानीयवासी स्थानीय प्रशासन र मध्यवर्ती क्षेत्र विकास समितिसँग बसेर छलफल र अनतरक्रियापछि सहमति बनेको बताउनु भयो

तर लामो समयदेखि पर्या पर्यटन अर्ना बचाऊ अभियानमा सक्रिय रहँदै आएको स्थानीय समितिका अध्यक्ष कुरबान मन्सुरीले आरक्ष प्रशासन विभाग र स्थानीय प्रशासनले स्थानीयवासीले अर्ना चितवन लैजाने विषयमा कडा आपत्ती जनाउँदै आएकोप्रति आरक्षले मौनता साँध्दै गुपचुपमा आरक्ष प्रवेश निशेध गरेको बताउनुभयो ।
आरक्षभित्र प्रवेशमा रोक लगाउनुको अर्को कारण भनेका आरक्ष क्षेत्रमा मानिसको चहलपहल नभएकौ मौकामा अर्नाहरु कोशी नदीका नजिकमा आउने र त्यस्तो अवस्थामा उनीहरुलाई बेहोस बनाउने गोली प्रयोग गरि नियन्त्रणमा लिई हेलिकोप्टरमा राखेर चितवन लैजाने तयारी भएकाले अहिले आरक्ष प्रवेशमा कफ्र्यु जस्र्तै अवस्था सिर्जना गरिएको पनि अर्ना सार्न नदिने अभियानमा सक्रिय मन्सुरीको दावी रहेको छ ।

उता संरक्षण अधिकृत साहले चितवनमा लैजाने अर्नाका लागि अर्ना संरक्षित रहन सक्ने स्थानको पहिचान गरिसकिएको तथा अर्ना एक डेढ बर्षका लागि सुरक्षित तुल्याई त्यहाँको बातावरणसँग घुलमिल हुन सकोस भन्ने उद्देश्यले फन्सिङ गर्ने कार्य समेत पुरा भएको भन्ने विषयले अर्ना सार्ने निश्चित तयारी पुरा भएको हो भन्ने कुरा पुष्टि गरेको पाई)एको छ । यो विपायमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सिंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्कासँग बास्तविक कुरा बुझ्नका लागि विभागको ०१४२२०९१२ नम्वरको फोन मङ्गलबार १ देखि ३ बजेसम्म पटक पटक सम्पर्क गर्दा पनि फोन उठेन ।

चितवनमा अर्ना सार्नका लागि तयारी गरिए पनि स्थानीय मध्यवर्ती क्षेत्रका सरोकारवालाहरुले भने अर्ना सार्नुभन्दा पहिला आरक्षको महत्वलाई अझ विस्तार गर्न र आरक्षको महत्वमा कमि आउन नदिनका लागि बाह्रसिङ्गे र चितवनमा पाईने गैडा ल्याएर संरक्षणको आधार तयार पार्न दवाव दिई रहेको पाईएको छ । अर्को तर्फ मुलुक सङ्घीय संरचनामा गईसकेको र प्रदेश नम्वर १ को महत्वपूर्ण सम्पत्तीका रुपमा रहेको अर्नालाई जथाभावी सार्ने कार्यले प्रदेशको सम्पत्ती कतै बिनास वा लोप त हुने होईन भन्ने आशङ बढाउने कार्य भएकाले यो कार्य तत्काल रोक्नु पर्ने स्थानीय सरोकारवालाहरुको भनाई बाहिर आएको छ ।

तपाईको प्रतिक्रिया