काब्यबाटिका–किर्ति र प्रकृतिको सङ्ग्राहलय बन्ने

इटहरी, २७ साउन । इटहरी उपमहानगरपालिका ५ मा रहेको काब्यवाटिका क्षेत्रलाई कृति र प्रकृतिको जीवन्त सङ्ग्राहलय बनाउन थालिएको प्रयासलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले अव काम अघि बढाउने विभागका अधिकृत सन्दिप खनालले जानकारी दिनुभयो ।
विभागका अधिकृत खनालसँगै इन्जिनीयर सम्नत घिमिरे सहितका टोलीले आज इटहरीमा रहेको सो काब्यवाटिक परिसरको स्थलगत अवलोकन एवम अध्ययन गर्दै यस स्थानलाई अघि बढाउन तयार पारिएको गुरुयोजना मुताविक संरक्षण र सम्वर्धन गर्नका लागि पुरातत्व विभागले काम अघि बढाउने तयारीमा जुटेको पनि खनालले जानकारी दिनुभयो ।

पुरातत्व विभागबाट पूर्वी नेपालको विभिन्न ऐतिहाँसिक एवम पुरातात्विक महत्व बोकेका स्थान एवम जातीय सङ्ग्राहलय मठ मन्दिर लगायत संरक्षण र सम्वर्धनयोग्य स्थानका विकास एवम पुननिर्माणका लागि यो बर्ष ५ करोड विनियोजन भएकाले त्यही अनुरुपका कार्य सम्पादन गर्न लागि आफुरुले ती स्थानको स्थलगत अवलोकनन भ्रमण थालेको पनि अधिकृत खनालको जानकारी दिनुभयो ।

यसैगरी धरान १४ मा निर्माणाधीन अवस्थामा रहेको बहुजायीय सङ्ग्राहलयको थप भौतिक पूर्वाधारका लागि यो बर्ष ४५ लाख रुपियाँ विनियोजन भएको तथा पूर्वको सुनसरीको चतराघाट, रामधुनीको पोखरी संखुवासभा तुम्लिङटार मनकामना मन्दिर ओखलढुङ्गाको नर्वदेश्वर महादेव मन्दिर खोटाङ्गको किरात सङ्ग्राहलय, सुनसरी मधुवनका माझी सङग्राहलय लगायतका क्षेत्रमा पनि आवश्यक बजेट सहित त्यसका संरक्षण र सम्वर्धनका काम अघि बढाईने इन्जिनीयर शाखा प्रमुख इन्जिनीयर सम्नत घिमिरेको भनाई रहेको छ ।

त्यस्तै सङ्खुवासभाको जनजाती सङ्ग्राहलय झापाका किच्चकबध, सभापोखरी, पाँचथर जिल्लाको हिलियाङ्ग दरवार सिद्धिचरन नगरपालिका सङ्ग्राहलय मदन भण्डारी सङ्ग्राहलय लगायतका महत्वपूर्ण धार्मिक सांस्कृतिक पर्यटनका दृष्टिकोणले ज्यादै लोभलाग्दा स्थानको संरक्षण र सम्वर्धनका लागि पुरातत्व विभागले यो बर्ष बजेट सहित संरक्षणको काम गर्ने तयारी गरिरहेको बताईएको छ ।

पुरातत्व विभागबाट परिचालित अध्ययन एवम अनुगमन टोलीले पूर्वी नेपालका ऐतहिाँसिक महत्व बोकेका धार्मिक पर्यटकीय एवम संरक्षण गर्नै पर्ने महत्वका क्ष्ोत्रका स्थलगत अवलोकन र अध्ययन गरेर प्रतिवेदन तयार पारी काम अघि बढाउने पनि अधिकृत खनालले जानकारी दिनुहुँदै इटहरीको काब्यबाटिकाका विषयमा तयार गुरुयोजनाका विषयमा विस्तृछ छलफल समेत गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया