कहाँ के गर्दैछन गायक गंगा बरदान ?

 माेरङ / झट्ट उनलाई देख्ने र भेटने जो कोहीले पनि उनलाई साधु सन्त नै हुन भन्ने ठान्छन । लामो जट्टाधारी कपाल,उस्तै दाह्री जुंगा अनि गेटअप जो सुकै पनि उनको अगाडी पुगेपछि एकपटक सोच्न बाध्य हुन्छ उनी साधु सन्त हुन वा अरु नै कोही । उमेरले ६ दशक पार गर्दा पनि उनको जोश जाँगर र अनुहारमा चमक अझै तन्नेरी नै लाग्छ ।

उनलाई धेरैले गेटअपका कारण नेपाली बब मार्लीका रुपमा समेत चिन्छन। तर उनी यो कुरा मान्न तयार छैनन । उनलाई आफनो गेटअप अरुको जस्तो नहोस र आफनै पाराको होस भन्ने लागेको छ । उनी दाबी गर्छन लाग्छ मेरोजस्तो गेटअप दुनियाँमा कसैको छैन । किनकी म अन्तराष्ट्रिय स्तरको गायक हुँ । बरु अरुले चाँहि मेरो गेटअप चोरेका हुन ।

पुर्वी मोरङको बेलबारी लगायत आसपासका हाट बजारतिर सधै लखरलखर हिँडेको भेटिने उनी लामो समयदेखि त्यता बस्न छोडेका रहेछन । उनलाई पछयाउँदे सुनसरीको धरानस्थित बिजपयुर डाँडामा पुग्दा उनी औधी खुसी भए । घरदेखि अलि तलसम्म लिन आए । अनि धाप मार्दै भने भाई सर साह्ै खुसी लाग्यो अझै मलाई बिर्षनुभएको रहेन छ । थुप्रै बादशाह भन्ने सँग संगत गरियो,धेरैको ज्यान बचाईयो,धेरैलाई कमाईखाने भाँडो दिईयो तर् सबैले बिर्सिए उनी भावुक बने ।

केही बर्ष अघि बेलबारीमा स्थापना भएको एउटा रेडियोमा पहिलोपटक उनको अन्तरबार्ता र उनले बेलबारीका लागी गरेको योगदानका बारेमा चर्चा सहित केही राष्ट्रिय दैनिक पत्रिकामा उनको बारेमा सामान्य परिचय प्रकाशित गरेको थिँए । उनले भेटने बित्तिकै गुनासो गरे भाई सर,मैले त्यत्रो काम गरेँ,त्यहीँ त्यति धेरै मिडियाहरु खुलेका छन तर अहँ कहिल्यै मलाई सम्झिएनन र मेरा गित समेत बजाएनन । साहै्रै दुःख लागेको छ ।

नेपाली लोक संगितका क्षेत्रमा अलग्गै पह्चिान बनाएका गायक, रचनाकार र संगितकार गंगा बरदान (मास्के) नेपाली गित संगितका क्षेत्रमा कुनै नौलो नाम होईन । बिगत ३८ बर्षदेखि नेपाली गित र संगीतका क्षेत्रमा क्रियाशिल उनी पछिल्लो समय नयाँ गित रेकर्डिङ र कविता संग्रहको प्रकाशनको तयारीमा जुटेका रहेछन ।

भोजपुरको दिङलामा २००९ सालमा जन्मिएका बरदान २०३५ सालदेखि गायन,रचना,र संगितमा क्रियाशिल छन । उनका ४ वटा एल्बम बजारमा आएका छन भने केही गित रेकर्डिङ भईरहेका छन । उनले २०३५ सालमा रेडियो नेपालमा पहिलोपटक कहाँमा काटयो,बेतको लौरी, रेकर्ड गराए । पछि छपनीले छान छान…डबकीले हान जस्ता बहुचर्चित गित रेकर्ड गराएका थिए ।
सुनसरीको धरानस्थित बिजयपुरका बासिन्दा उनले पछिल्लोे समय चर्चित बनेका भारतको दार्जिलिङ निबासी नेपालीभाषी गायक बिपुल क्षेत्रीमाथी आफनो गित चोरी गरेको गम्भिर आरोप समेत लगाएका छन ।

उनले आफनो ३८ बर्ष पुरानो गित कहाँमा काटयो,बेतको लौरी नामको गित चोरी गरी गायक बिपुल क्षेत्रीले आफनो भन्दै गाएर युटयुवमा समेत राखेको बताए ।  पटक पटक आवाज उठाउँदा समेत यस्को सुनुवाई हुन सकेको प्रति समेत उनको गुनासो थियो ।

सामाजिक सञ्जाल बाट टाढा भएका कारण कस्ले के गर्छ आफुलाई केही थाहा नभएको र श्रीमती र साथीहरुले केही समय अघि भनेपनि बिश्वास लागेन । केही दिन अघि टिभीमा हेर्दा थाहा भयो कि मेरो गित त कही कतै मेरो नाम उल्लेख नगरी उनले आफनो भनेर राखेका रहेछन उनले भने ।

बि.स २०३५ सालमै यो मेरो गित रेडियो नेपालमा रेकर्ड भएको हो । रेडियो नेपालको रेकर्डमा हेर्दा हुन्छ । यो मेरो रचना,संगित र स्वरमा रहेको गित हो । ३८ बर्षपछि मलाई नसोधी मेरो अनुमति नलिई यो गित आएर युटयुवमा राखेपछि यो गित चोरी हा्े की होइृन आफै भन्नुस ।

तपाईको प्रतिक्रिया

Loading...