कविता गोष्ठि सम्पन्न

तरहरा / तरहरा जेसीजले  बिहिबार कविता गोष्ठि कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा सुनसरी , माेरङ लगायत स्थानीयस्तरबाट चर्चित कवीहरूकाे ब्यापक उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा लेटाङबाट मनोज बिश्वकर्मा,दिवस पाख्रिन बिराटनगरबाट मनोज मुस्किल सुनसरीबाट राज आशातित,आलोक खनाल,स्व मञ्जिल,शिक्षा दाहाल,बिशाल बिमर्श, विवेक विवश रेग्मी लगायत दुई दर्जन बढी युवा कवि साहित्यकारहरुले आफ्ना भोगाइहरुलाई रचनामा उतारेका थिए  ।

कार्यक्रममा प्रिमियर होटल इटहरीका सिइओ सुनिल भुषाल,तरहरा जेसीजका पूर्वा अध्यक्ष मेदन कुमार घिमिरे,इटहरी जेसीजका संस्थापक अध्यक्ष दिलकुमार बन, गजलकार टिका आत्रेय लगायतले शुभकामना मंतब्य राखेका थिए भने बरिष्ठ साहित्यकार प्राज्ञ उपेन्द्र पागलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम मुकुन्द कुमार कार्कीको सभापतित्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...