कफी पारखीकालागि गन्तव्य बन्दै इटहरी

प्रदेशको राजधानी दाबी गरिएको इटहरीमा पछिल्लो समय ठुला ठुला बिल्डीगं बनीरहेका छन् । ठुलो लगानीमा पार्कहरु, सिनेमा हलहरु, ठुलो लगानीमा स्टार हेटल र ठुला ठुला रेष्टुरेण्टहरु बनि रहेका छन् । यस क्षेत्रका नागरिक पनि खाने लाउने र मनोरन्जन गर्ने कुरामा राम्रैसंग खर्च गरिरहेको देखिन्छ । जाँहा महगों छ त्यही भिडभाड छ । यस्ले इटहरीको स्तर बढाइ रहेको छ । यही कुरालाइ ध्यानमा राखेर केही ब्यबसायीले इटहरीमा महगाँ कफिसप खोलेका छन् । उनीहरुले १५ रुपीया कपको चीया खाइ रहेकाहरुलाइ १५० रुपीया कपको कफीमा बानी लगाउन थालेका छन्  । इटहरीमा अहीले हरेक फ्लेबरको कफि पाइन्छ । हामीले इटहरीका कफिसपको बारेमा जानकारी दिने प्रयास गरेका छौ ।

कफीलय
भर्खरै मात्र इटहरीको धरान लाइन आइतबारे प्रवेश गर्ने मार्गमा कफीलय खुलेको छ । खास गरेर कफीलाइ नै व्यवसायीक क्षेत्र बनाउने उद्देश्यले कफीलयको स्थापना भएको हो । जहाँ मुख्य गरेर छ प्रकारका कफी पाइन्छ । त्यसमा पनी बिभिन्न फ्लेबरका कफीहरु उपलब्ध छन् । अमेरीकानो रु १०५, क्याफेचिनो रु ११० , एक्स्प्रेसो रु ८५ , कफीलाते रु ११५, दोपुलो रु १८० र मोक्का रु १३५ मुल्यमा पाइन्छ । जहाँ हट र कोल्ड दुवै प्रकारका कफी उपलब्ध हुदैआइरहेको छ । हिजो आज कफीका पारखीहरुको बृद्धीलाइ हेर्दा कफीलयको सम्भावना राम्रो देख्न सकिन्छ ।

प्रिमीयर होटल
नेपालको पुर्वी क्षेत्रलाइ पर्यटन गन्तव्यको रुपमा बिकाश गराउने तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यकासाथ प्रिमीयर होटल स्कुल सूरु भएको छ । इटहरीको धरान लाइनमा अवस्थित यस स्कुलबाट होटल म्यानेजमेण्टका दक्ष बिद्यार्थी उत्पादन भइरहेका छन् । तर यसको परीचय यतीमात्र हैन । यहाँ बन्ने हरेक परीकार पनी अरु भन्दा फरक स्वदमा पाइन्छ । जस मध्ये कफीको परीकारलाइ बिशेष गरेर ध्यान दिइएको पाइन्छ । हरेक दिन कफी पारखीको भिडनै लाग्ने गर्छ । यहाँ अमेरीकानो रु १२०, क्याफेचिनो रु १२० , एक्स्प्रेसो रु १००, दोपुलो रु १३५, कफीलाते रु ११५ र मोच्चा रु १३०, मुल्य मा पाइन्छ ।

क्याफे अपस्टेस
इटहरी चौक बिराटनगर लाइनमा अवस्थित यो क्याफे पछील्लो समय चर्चीत क्याफेमा पर्दछ । धेरैजसो युवा वर्गको रोजाइमा यो क्याफे परेको छ । कफीका पारखीको लागी पनी यो उपयुक्त गन्तव्य बन्न सफल भएको छ । खुल्ला वातावरणमा रमीत हेर्दै कफी पिउनेको लागी यसले इच्छा पुरा गरीदीएको छ । यहाँ अमेरीकानो रु १२५, क्याफेचिनो रु १३५ , एक्स्प्रेसो रु १०५ , दोपुलो रु १८०, कफीलाते रु १३५ र मोच्चा रु १५०, मुल्य मा पाइन्छ ।

पाथीभरा होटल
बिराटनगर लाइनमा रहेको चर्चित पाथीभरा होटलमा कफीको पनी चर्चा धेरै हुन्छ । संचालक किरण बुढाथोकीका अनुसार सामान्य रिक्सा चालकदेखी धनाढ्य व्यापरी समेत कफी पारखी छन् । धेरै पाहुनाहरु होटलमा बस्न आउने हुनाले पनी कफीको व्यापार दिनानुदिन बढीरहेको छ । जहाँ अत्याधुनीक मेसीनबाट कफी तयार पार्ने गरीन्छ । अमेरीकानो रु १२०, क्याफेचिनो रु १५० , एक्स्प्रेसो रु १००, कफीलाते रु १६०, दोपुलो रु २०० र मोक्का रु १८० मुल्य मा पाइन्छ ।

पुर्वाञ्चल आइसक्रिम पार्लर
यो पार्लर इटहरीको सबै भन्दा बढी व्यस्त देखीन्छ । कोही नयाँ पहुना आए वा साथीभाइ भेटघाट गर्नपरे उपयुक्त स्थानको रुपमा पुर्वाञ्चल आइसक्रिम पार्लर रहेको छ । लामो समय देखी इटहरीको धरानलाइन मा स्थापीत यो पार्लर कफीको लागीपनी उपयुक्त स्थान मानीन्छ । यहाँ अर्गानीक कफी तयार पारीन्छ । कुनै रेडीमेड कफी नभइ तत्काल सिङ्गो दाना पिसेर कफी तयार गरीन्छ । जहाँ अमेरीकानो रु १३०, क्याफेचिनो रु १५० , एक्स्प्रेसो रु १००, कफीलाते रु १५०, दोपुलो रु २००, क्यारेमेल म्याचियातो रु १५०, र मोक्का रु १६० मुल्य मा पाइन्छ ।

लाकुना
इटहरीको धरानलाइन हलगडा चैकमा भर्खरै खुल्यो लगुना । यहाँ रात्री कन्सर्टका साथमा बिभिन्न स्वाद उपलब्ध छ । तथापी यो कफीकोलागी नयाँ गन्तव्य स्थापीत हुदैछ । शान्त वातावरणमा अवस्थित यस क्याफेमा पछील्लो समय युवाहरुको भिड बढ्न थालेको छ । जहाँ अमेरीकानो रु १०५, क्याफेचिनो रु ११० , एक्स्प्रेसो रु ८५ , कफीलाते रु ११५, दोपुलो रु १८० र मोक्का रु १३५ मुल्य मा पाइन्छ ।

यसका अलवा इटहरीमा होटल दरवार इन, मेघा रेस्टुरेन्ट, कुण्डलीनी, गोरखा डिपार्टमेण्ट लगायत ठाउँलाइ कफीको लागी उपयुक्त गन्तव्य मान्ने गरीन्छ । समग्रमा हेर्नेहो भने इटहरी कफी पारखीको लागी उपयुक्त गन्तव्य बन्दै गइरहेको छ भन्न सकीन्छ । धेरैलाइ कालो या सेतो कफी भनेर मात्र थाहा छ । यसका हरेक फ्लेवर र स्वादको थाहा पाउन उपयुक्त कफीसपमा गएर कफी चाख्नै पर्ने हुन्छ । इटहरी एफएमबाट

तपाईको प्रतिक्रिया

Loading...