ओझेलमा उदयपुरको गढिमाई मन्दिर

उदयपुर, २४ साउन / उदयपुरकै पर्यटकिय , धार्मिक एवम् साँस्कृतिक महत्वको बोकेको पंञ्चावती स्थित गढिमाई मन्दिर संरक्षण र उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । उदयपुर जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी जिल्लाकै उचाईमा रहेको साविकको पंञ्चावती गाविस–१ , उदयपुरगढीमा रहेको गढिमाई मन्दिरलाई सरोकारवालाहरुले वास्ता नगर्दा मुर्ती र ताम्रपत्रहरु समेत चोरी भएको स्थानियबासीको भनाई रहेको छ ।

सदरमुकाम गाईघाट र दोश्रो व्यापारिक केन्द्र कटारी दुवै तर्पmबाट नेपालटार हुँदै पुग्न सकिने गढिमाई मन्दिरको स्थापना वि.सं १९७५ मा भएको ताम्रपत्रहरुमा उल्लेख गरिएको छ । साविक पंञ्चावती गाविस– ७ , चुलाढुँगाका मगर थरका स्थानीयबासीले जंगलमा ५ वटा देवीहरुको मुर्ती भेटेर पुजा आजा गर्न थालिएकोले पनि यो स्थानको नाम पञ्चावती हुन पुगेको उदयपुर गाउँपालिकाका उपाध्यक्ष सानु राउतले बताईन् ।

राणाकालमै तत्कालिन सुरक्षाकर्मीहरुले सुरक्षा र सुन्दर स्थानको लागि त्यही मुर्तीहरुलाई गढीमा ल्याएर मन्दिरको स्थापना गरिएको उपाध्यक्ष राउतले बताईन् ।
२०४० सालसम्म त्यहाँ अमूल्य धातुहरुको ताम्रपत्र र मुर्तिहरु रहेको भएपनि पछिल्लो चरणमा चोरी हुने क्रम बढेर गएको स्थानियबासीहरुको गुनासो रहेको छ । विशेष गरी दशैंमा बलि दिई ठूलो पुजा आजा गरिने मन्दिरमा भाकल गरे चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ । त्यसैगरी तीजमा रमाईलो गर्नुका साथै सबै समयमा यस मन्दिरमा पुजा आजा गर्नेहरु आउने गरेका छन् ।

भारतबाट समेत देखिने र पूर्वाञ्चलको धेरै स्थानवाट देखिने गढीको डाँडामा रहेको यो मन्दिरवाट उत्तरमा हिमशृङ्खला, दक्षिणमा चुरे शृङ्खला देख्न सकिने भएकाले पनि पर्यटकिय सम्भावना प्रसस्तै रहेको छ

तपाईको प्रतिक्रिया