एक मात्र बिमानस्थलको काम चाडो गर्न युवा संगठनको माग

भोजपुर /  दुर्गम पहाडी जिल्ला भोजपुरको टक्सारमा रहेको एक मात्र विमानस्थल कालोपत्रेको काम तिव ्रगतिमा गर्न जिल्ला स्थित राजनैतिक दलका भातृ संघसंगठनले निर्माण कम्पनीलाई आग्रह गरेका छन ।  नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले तोकिएको समयमा नै कालोपत्रेको काम सकेर हवाई उडान नियमित हुने ब्यवस्था गर्न आग्रह गर्दे ठेकेदार कम्पनीको ध्यानकर्षण गराएका हुन् ।

निर्माण कार्य नसकिदा पटक पटक उडान अवरुद्ध हुने गरेकाले यस पटक भने निर्माण पुरै सक्न आफुहरुले ठेकेदारलाई आग्रह गरेको तरुण दलका जिल्ला सभापति सरोज बस्नेतको भनाई रहेको छ । संयुत्तरुपमा दुई भातृ संगठनले बिमानस्थलमा पुगेर ठेकेदार कम्पनी कालिका पेसेफिक कंम्पनीका साइड इन्चार्ज विमल कुमार शिवाकोटी लाई ध्यानकर्षण गराएका हुन् ।

रुण दलका तर्फबाट जिल्ला सभापति सरोज बस्नेत र युवा संघका तर्फबाट युवा संघ जिल्ला अध्यक्ष सन्दिप राईले तोकिएको समयमा काम सक्न शिवाकोटीको ध्यानकर्षण गराएका हुन । सोक्रममा गैरसरकारी संस्था महासंघ भोजपुरका अध्यक्ष बलराम राई लगायतको समेत उपस्थिति रहेको थियो । सोक्रममा निर्माण कम्पनी कालिका पेसेफिकका साइड इन्र्चाज शिवाकोटीले काम तिब्ररुपमा भई रहेकोले अवको डेढ महिना भित्रमा काम सकिने बताएका थिए । भोजपुर बिमानस्थल कालोपत्रे हुने भए पछि गत मंसिर २४ गतेबाट आगामी फागुन २५ गतेसम्म भोजपुरमा कुनै पनि उडान हुने छैन ।

तपाईको प्रतिक्रिया

Loading...