उद्यमी कृषक नारायण राईको संघर्ष र सफलताको कथा

सिंहदेवी, मोरङ । कुनै दिन चामलको भात खान् र एकसरो नयाँ लुगा लगाऊन दशै या कुनै चाडपर्व नै कुनुपर्ने बाध्यतामा जकडिएको परिवारमा जन्मिएका मोरङको सिंहदेवी बिहिबारेका नारायण राई यतिबेला सबैका लागी उदाहरणीय बन्न सफल भएका छन ।   महेन्द्र राजमार्ग अन्र्तगत मोरङको सुन्दरहरैचा नगरपालिका स्थित  खोर्साने बाट ३७ किलोमिटर उत्तर सुनसरीको धरानदेखि ५० किलोमिटर उत्तर पुर्व,समुन्द्र सतहदेखि १६९० देखि २ हजार मिटरको उचाईमा रहेको सिंहदेबी ५ बिहिबारे र आसपासको क्षेत्र यतिबेला सबैको चासोको बिषय समेत बनेको छ ।

 

आफनो पितापुर्खाको सम्पत्तिका रुपमा रहेको पाखो र भिरालो केही रोपनी जग्गामा केही उत्पादन नभएपछि उनका बुबा आमाले उनलाई जंगलको गिठठा र भ्याकुर खुवाएरै हुर्काए । प्रबेशिका परिक्षा सम्म उर्तिण गरेका उनी भारत हुँदै ३ महिना बहराईन र करिब १ दशक ओमनका बिताएर २०५० सालमा नेपाल फर्किए र त्यहीबाट शुरु भयो उनको टर्निङ पोईन्ट ।   मोरङ जिल्लामै पहिलो पटक अग्र्यानिक चिया खेती शुरु गरेका नारायणको ब्यबसाय अहिले देशब्यापी भईसकेको छ । उनले उत्पादन गरेको चिया नेपालमा मात्र नभएर अहिले बिदेशमा समेत निर्यात हुँदै आएको छ । ५ रोपनी जग्गाबाट शुरु भएको उनको चियाखेती अहिले ३ सय रोपनीमा फैलिसकेको छ भने चाँडै २ हजार रोपनीमा चिया खेती गर्ने उनको तयारी समेत रहेको छ ।

अग्र्यानिक चिया खेतीका अलावा आफनै पहलमा उनी चियाको बिरुवा समेत उत्पादन गर्छन । उनले उत्पादन गरेको चियाको बिरुवाको देशका बिभिन्न जिल्लामा ठुलो माग रहेको छ । उनले डेनमार्क सरकारको सहयोगमा आफै चिया प्रशोधन केन्द्र समेत निर्माण गरेका छन । चिया सँगै बिभिन्न जातका फलफुल र तरकारी खेती समेत उनको बगानको बिशेषता हो । सोही क्षेत्रमा पर्यटन बिकासका लागी जेफाले होमस्टे समेत उनकै पहलमा बृहत हुँदै गईरहेको छ । स्माल टि एशोसिएसन नेपालका केन्द्रिय सचिब समेत रहेका राई साना किसानहरुको हक र हितका लागी समेत लागी परेका छन ।

बाल्यकाल र टर्निङ पोईन्ट

जिल्लाकै बिकट मानिने र कषियोग्य जमिन समेत नभएको सिंहदेवीमा बि.स २०२३ साल चैत १६ गते मातापिता स्व. रणबहादुर र बिष्णुमाया राईको २ छोरी र एक छोरा मध्ये ज्येष्ठ सन्तानका रुपमा जन्मिएका नारायणले २०३२ सालमा नै मातृबियोग सहनुपर्यो । बुबाले कान्छी आमा भित्रयाएपछि मातृप्रेम समेत नपाएका उनले २०४२ सालमा प्रबेशिका परिक्षा उर्तिण गरेर  रोजगारीकै शिलशिलामा भारत छिरे । २०४९ सालमा बसन्तटारकी बिना खजुम सँग बैवाहिक जिवनमा बाधिँएका उनी २०५० सालमा रोजगारीकै लागी बहराईन छिरे, ३ महिना मात्र त्याँहा बसेर उनी ओमन गए । करिब १० बर्ष त्याँहा बिताउँदा उनी सेल्समेन हुँदै म्यानेजर बने । म्यानेजर बनेपछि फ्रान्स,अष्ट्रेलिया लगायतका मुलुकका मानिसहरु सँग उनको भेट भयो । त्याँहा नेपालको चियाका बारेमा कुरा हुन्थ्यो ।

बिडम्बना उनीहरुले सो चिया खपत गर्न सकेनन । ५० केजी जति भेला पारेर काठमाण्डौ सम्म पठाएपनि त्यो निर्यात गर्न नसक्दा त्यो चिया एअरपोर्टमै थन्कियो । नारायणले डिमाण्ड पुरा गर्न नसकेपछि उनीहरु रिसाए । त्यसपछि नारायणले नेपालमै चिया खेतीको सम्भावना देखे र राम्रो जागिर छोडेर उनी नेपाल फर्किए ।

कुराकानीकै क्रममा उनले नेपालको चिया मगाए र उनीहरुलाई चखाए । उनीहरुले स्वाद मनपराएपछि महिनाको १ सय किलो चियाको माग भयो । उनले म चिया दिन सक्छु पनि भने उनले सो कुरा श्रीमतीलाई सुनाए । श्रीमतीले शुरुमा आफै ५ रोपनी पाखोमा चिया लगाईन । तर बिडम्बना उनीहरुले सो चिया खपत गर्न सकेनन । ५० केजी जति भेला पारेर काठमाण्डौ सम्म पठाएपनि त्यो निर्यात गर्न नसक्दा त्यो चिया एअरपोर्टमै थन्कियो । नारायणले डिमाण्ड पुरा गर्न नसकेपछि उनीहरु रिसाए । त्यसपछि नारायणले नेपालमै चिया खेतीको सम्भावना देखे र राम्रो जागिर छोडेर उनी नेपाल फर्किए ।

बेकामे पाखामा सुन फल्न थाल्यो

खैराते पाखामा कुनै उत्पादन नभएपछि त्याँहाका मानिसहरु बसाँई सरे । डाडापाखा बाँझै भए । तर त्यही पाखामा सुन फलाउने हेतुले नारायणले ति पाखाहरुमा चिया रोप्न थाले । शुरुमा उनलाई खिसी गर्ने धेरै थिए । उनले केही मानिसहरु जम्मा गरेर संस्था खोले तर नारायणले संस्था डुबायो भनेपछि उनी संस्था छोडेर एकल प्रयासमा चिया रोप्न थाले । बिस्तारै उनको चिया खेतीको प्रचार शुरु भयो । प्रशोधन केन्द्र अभावमा कतिपटक त उत्पादित चिया बाटोमै फाल्नुपर्ने अबस्था पनि आयो तर उनले हार खाएनन । श्रीमती बिनाको दृढ संकल्प र अठोटका कारण उनीहरुले उत्पादन गरेको चियाले बजार पाऊन थाल्यो । उनले आफै प्रशोधन केन्द्र खोलेर मातृभुमि चिया प्रशोधन केन्द्रका बाट चिया उत्पादन शुरु गरे ।

बिहानको मिर्मिरेदेखि साँझको गोधुली सम्म नारायण र बिना दम्पत्तीको समय चिया बगानमै बित्ने गरेको छ । उनकै पहलमा बसाँईसरेका मानिसहरु पनि सम्भावनाको खोजी गर्दै गाँउ फर्किए र चिया खेतीमा लागे । अहिले ति पाखाहरु सुन फल्ने पाखाका रुपमा बिकसित भए । नजिकै रहेको बिहिबारे बजारमा जेफाले होमस्टेका रुपमा परिचित भयो । जसका लागी नारायणले निक्कै ठेलो मेहनत पनि गरे । जहाँ नेपाल र भारतका गरी दैनिक १ सय बढी पर्यटकहरु जेफाले पुग्ने गरेका छन । उनले बाल्यकालमै सपना देखेका थिए रे आफनै गाँउमा सुन फलाउने र सबैलाई यहि रोजगार दिने,सोही सपना साकार पार्न उनी अहिले तत्लीन छन । गाँउमा कामदारको अभाव छ । प्रशस्त कामदार भए अझै बढी चिया उत्पादन गर्ने उनको लक्ष्य रहेको छ । उनको कामको उच्च मुल्यांकन गर्दै बिभिन्न संघसंस्थाहरु द्धारा उनी सम्मनित समेत भईसकेका छन भने उनले राष्ट्रपतिको हातबाट समेत सम्मान पाईसकेका  छन ।

नारायण दम्पत्तिको भावी योजना

जिल्लामा मात्र नभएर देश तथा बिदेशमा समेत अग्र्यानिक चिया खेतीका लागी प्रख्यात मातृभुमि अग्र्यानिक चिया उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालन गरिरहेका नारायण र बिना खजुम राईको योजना हरु थुप्रै छन । उनीहरुले प्रशस्त सम्भावनाहरु देखेका छन । करिब ४ करोड लगानी गरिसकेका राई दम्पत्तिले सबै उत्पादित चिया र तरकारीको बजार अझै आएका छैनन । उनीहरुले आफनो पुख्र्यौली थलोमा गार्डेन निर्माण,लोपोन्मुख बनस्पति र बन्यजन्तुको संरक्षण,रैथाने बोटानिकल गार्डेन, रिसोर्ट निर्माण, पर्यटनको बिकासका लागी अझै जेफालेलाई नमुना गन्तब्य बनाउने समेत उनीहरुको सपना रहेको छ ।

जेफालेमा निर्माण भएको भ्युटावर,पाथीभराको मन्दिर लगायत बिभिन्न मनोरम दृश्यहरुका साथै जेफालेलाई नमुना बनाउने अभियानमा आफुहरु कटिबद्ध रहेको उनीहरु बताउँछन । नेपालमा माग भएजति चिया उत्पादन गर्न नसकिरहेको अबस्थामा बिभिन्न जिल्लाहरुमा चियाको उत्पादन गर्ने र सम्भावनाहरुको खोजी गर्ने समेत लक्ष्य रहेको नारायण दम्पत्ति बताउँछन ।

तपाईको प्रतिक्रिया

Loading...