उदयपुरमा तेस्रो लिङ्गी सहित १ लाख ९४ हजार ९१३ मतदाता

 उदयपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उदयपुरमा कुल एक लाख ९३ हजार ९१३ मतदान गर्ने छन् ।२०६८ सालको जनगणनाको तथ्याङ्क अनुसार तीन लाख १७ हजार ५२७ जनसंख्या मध्ये एक तेस्रो लिङ्गी सहित महिला ९५ हजार ८ सय ८९ र पुरुष ९८ हजार २३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा एक लाख ७१ हजार ४६१ मतदाता रहेकोमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि २२ हजार ४५२ फोटो सहित मतदाता थपिएको छ ।पछिल्लो निर्वाचन क्षेत्र निर्धारणअनुसार उदयपुरमा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र कायम गरिएको छ । कायम भएको यस जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा कुल एक लाख १४ हजार ५८६ मतदाता रहेका छन् ।

तीमध्ये पुरुष ५६ हजार ८८८ र महिला ५७ हजार ६९७ छन भने त्रियुगा उच्च मावि गाईघाट मतदान केन्द्र रहने गरी एक जना तेस्रो लिङ्गी मतदाता पनि रहेको छ ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा ४१ हजार १३५ पुरुष र ३८ हजार १९२ महिला गरी कुल ७९ हजार ३२७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले जानकारी दिए ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ (क) मा ६१ हजार १९ मतदाता र प्रदेश सभा क्षेत्र नं. १ (ख) मा ५३ हजार ५६७ मतदाता रहेको छ । भने अर्को प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ (क) मा ३७ हजार ३४५ मतदाता र प्रदेश सभा क्षेत्र नं. २ (ख) मा ४१ हजार ९८२ मतदाता रहेको छ ।यसैगरी, निर्वाचनलाई स्वच्छ, शान्ति र एवं धाँधलीरहित सम्पन्न गर्न दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएकोे सूचना अधिकारी खड्काले बताए ।

तपाईको प्रतिक्रिया