इटहरी बाढिपिडितहरुले वडाध्यक्ष माथी आक्रमण गर्न थालेपछि नगर प्रहरीले बचाए

इटहरी भदौ २ गते । इटहरीका बाढि पिडितहरुले आपतकालिन राहत पाउन नसकेको भन्दै उपमहानगरपालिका ९ को वडा कार्यालयमा नाराबाजी गरेका छन् । बाढिले घरबार विहिन बनेका बाढि पिडितहरुले राहत दिन उपमहानगरपालिकाले पहल नगरेको भन्दै नौ नम्बर वडा कार्यलय घेराउ गर्दै नाराबाजी गरेका हुन । करिब २ सयको संख्यामा वडा कार्यालय पुगेका बाढि पिडितहरुले वडा नम्बर ९का वडाध्यक्ष भुपेन्द्र बराल माथी नै हातपात गर्न खोजेका थिए । वडाध्यक्षा माथी आक्रमण गर्न थालेपछि नगरप्रहरीले बचाएका थिए । आक्रोसित बाढि पिडितहरुले नगर प्रहरीलाई नै धकेल्दै बाहिर पठाएका थिए ।

 

केही बेर बाढि पिडित र नगर प्रहरी वीच धकेला धकेल भएको थियो । ढकेलाढकेल भएपछी स्थानीय समाजसेवी श्याम पोखरेलले छुट्याएका थिए । बाढी पीडितहरुले पीडामा परेका जनतालाई सहयोग गर्न नसक्ने पदाधिकारी भन्दै कार्यालय घेराउ गरी नारावाजी गरेका थिए । उनीहरुले मृतक परिवारलाई सहयोग दिनुपर्ने, तत्काल आपतकालिन सहयोग दिनुपर्ने, पुर्नबासको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् ।

बाढिले डुवान र घरबार विहिन बनेको धेरै दिन वितेपनि उपमहानगरपालिकाले उचित राहत र सहयोग दिन नसकेको पिडितहरुले बताएका छन् । बाढि प्रभावित क्षेत्रमा विभिन्न संक्रमण फैलन सक्ने भन्दै तत्काल स्वास्थ्य टोली खटाउन पनि माग गरेका छन् ।इटहरीमा टेग्राखोला र बुढिखोलाले वस्ती बगाउँदा ८ जनाको मृत्यू भएको थियो । विस्थापनमा परेका पिडितहरुलाई इटहरीको राधाकृष्ण मन्दिर र प्रणामी मन्दिरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया